आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अन्नतः फुटदै नेकपा! ओलीले ल्याउँदैछन् यस्तो अध्यादेश

अन्नतः फुटदै नेकपा! ओलीले ल्याउँदैछन् यस्तो अध्यादेश

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १९ २०७७

  • 27.0K
    SHARES

  • अन्नतः फुटदै नेकपा! ओलीले ल्याउँदैछन् यस्तो अध्यादेश

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य वा संसदीय दलका २० प्रतिशत सदस्यको हस्ताक्षर भए पार्टी फुटाउन सकिने अध्यादेश ल्याउने तयारी गरेका छन्। विद्यमान कानूनमा केन्द्रीय सदस्य र संसदीय दल दुवैमा ४० प्रतिशत सदस्यको समर्थन पाएमा मात्रै पार्टी फुटाउन सकिने व्यवस्था छ।

    तर, नेकपा भित्र राजिनामाको दबाब बढेसँगै ओलीले अध्यादेश ल्याउन विहिबार संसद अधिवेशन नै अन्त्य गरेका छन्। अब राजिनामा माग्ने पक्ष व्याक नभए ओलीले अध्यादेश ल्याउने बुझिएको छ।

    नेकपाका बरिष्ठ नेता झलनाथ खानाले समेत ओलीले २० प्रतिशत सदस्यको समर्थनमा पार्टी फुटाउन सकिने अध्यादेश ल्याउने तयारी रहेको बताएका छन्। ‘प्रतिशतको समर्थनमै दल फुटाउन मिल्ने अध्यादेश ल्याउने र त्यसै आधारमा पार्टी फुटाउने योजना रहेको हामीले सूचना पाएका छौं,’ उनले भनेका छन्, ‘अहिले त्यही अनुसार छलफल भइरहेको छ।’

    नेकपाका अर्का अध्यक्ष प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत नेकपा फुट्न लागेको संकेत गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ १९ २०७७१०:२६:०४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend