आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेकपालाई खतिवडाको व्यंग्य – शनिवारको बैठक राष्ट्रपतिको संरक्षकत्वमा शितल निवासमा राखियोस्

नेकपालाई खतिवडाको व्यंग्य – शनिवारको बैठक राष्ट्रपतिको संरक्षकत्वमा शितल निवासमा राखियोस्

  • मिडिया डबली
  • बिहिवार, आषाढ १८ २०७७

  • 5.2K
    SHARES

  • नेकपालाई खतिवडाको व्यंग्य – शनिवारको बैठक राष्ट्रपतिको संरक्षकत्वमा शितल निवासमा राखियोस्

    काठमाडौं - नेपाली काँग्रेसका युवा नेता रामहरी खतिवडाले कम्युनिस्ट सरकारको व्यहोरोमाथि कडा प्रहार गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले फुटको मझधारमा रहेको छ ।

    उतिबेला खैलाबैलाका साथ गठित नेकपा अहिले संकटमा मुछिएकाे छ । पार्टीका अध्यक्षहरूकै कारण यस्ताे भएकाे हाे । 

    यसबीच नेता खतिवडाले भनेका छन्, 'खुमलटार, बालुवाटार र शितलनिवासका आजका गतिविधि हेर्दां शनिबारको स्थायी कमिटी बैठकराष्ट्रपतिको संरक्षकत्वमा शितलनिवासमा बस्दा ठिक हुने देखियो । कि अब त्यसै गर्ने कि । दुवै पक्षलाई अनुरोध ।'

    विहीबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा पार्टी ठूलो संकटमा परेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । नेकपा टिकाउन बैठक शनिबारसम्मका लागि स्थगित भएको छ ।
    यसबीच प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई आग्रह गर्दै संसद अधिवेशन अन्त्य गराएका छन् । त्यस्तै उनले (राजनीतिक दल विभाजनका लागि सहज बनाउने) अध्यादेश ल्याउन खोजेको समेत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइ छ ।

    ओलीका यी दुई कदमप्रति ओली विपक्षी शिर्षनेताहरु आक्रोषित भएका छन् । उता राष्ट्रपतिले समेत ओलीकै आग्रहमा अन्यनेताहरुको निर्णय बिना नै संसद अधिवेशन अन्त्य गरिदिँदा प्रचण्डपक्ष आक्रोषित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ १८ २०७७०८:४२:५३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend