कैलाली - कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ । यसबीच क्वारेन्टिनको उचित व्यवस्थापन हुन नसक्दा पनि चुनौती थपिएको छ ।
कैलालीमा क्वारेन्टिनबाट भागेर घर गएका ३३ जनामा संक्रमण पुष्टि भएको छ । अब, ती संक्रमितहरुबाट अन्य मानिसमा पनि संक्रमण भएको हुनसक्छ ।
कैलालीको गोदावरी नगरपालिका–११ ओलानीका ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
भारतबाट आएकामध्ये र्आरडीटी पोजेटिभ देखिएका ७० जनालाई वडा नम्बर ११ को सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । उनीहरूको ४ असारमा स्वाब संकलन गरिएको थियो । तर लामो समयसम्म पनि रिर्पोट नआएको भन्दै ५९ जना क्वारेन्टिनबाट भागेर घर गएका थिए ।
पीसीआर रिपोर्ट आउँदा ४२ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३३ जना भागेर घर गएकाहरु रहेका छन् । अब ती संक्रमितको कन्ट्याक्ट ट्रासिंगको काम भइरहेको नगरपालिकाले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।