काठमाडौं - नेपाली कांग्रेसले सरकारको कदमप्रति गम्भिर आपत्ती जनाएको छ । संघीय संसदको दुवै सदनको अधिवेशन एकाएक अन्त्य गरेको निर्णयप्रति काँग्रेसले उदासिनता प्रकट गरेको हो ।
बिहीबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार पाँच बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेकी थिइन्। यस विषयमा विज्ञप्ति जारी गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले गम्भिर आपत्ती जनाएका हुन् ।
‘अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन्। तर त्यसलाई अवलम्बन नगरी, कोरोना सिर्जित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि एमसीसी हुँदै अन्य महत्वपूर्ण विधेयकबारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसबारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग न त कुनै परामर्श गरिएको छ न त पूर्वसूचना दिइएको थियो।’
त्यस्तै काँग्रेसले माहामारीका कारण जनताको ज्यान जोगाउन तर्फ सरकारलाई ध्यान दिन आग्रह गरको छ । ‘विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट देशभित्र कयौंको मृत्यु भएको र हजारौं संक्रमित भएका बेला त्यसप्रति उच्च गम्भीरता साथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी थियो,’ विज्ञप्तिमा भनिएको छ,‘तर अधिवेशन हठात् अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासीनता प्रकट गरेको छ। जनताको जीवन प्रधान कि सत्ताको राजनीतिरु सम्माननीय प्रधानमन्त्री समक्ष सार्वजनिक रुपले प्रश्न राख्दै कांग्रेस संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएकोमा असहमति प्रकट गर्दछ।’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।