गत जून १५ मा भारत-चीनबीचको हिंसात्मक झडपमा चिनियाँ सेनाले ज्यान गुमाएको विषय सार्वजनिक गर्दा अशान्ति निम्तिनसक्ने खतरा हुने भन्दै चीन चिन्तित बनेको छ ।
उक्त घटनामा सरकारले गरेको व्यवहारबाट अवकाश प्राप्त सैनिकहरुले नै राष्ट्रपटि सी जिनपिङविरुद्ध सशस्त्र विद्रोह सुरु गरेका छन् । कम्युनिस्ट पार्टी नेताका छोरासमेत रहेका जियान्ली याङले गलवान भ्यालीमा मारिएका चिनियाँ सैनिकको बारेमा स्वीकार गरेर तथ्यांक सार्वजनिक गर्दा अशान्ति हुने खतरा हुने बेइजिङलाई चिन्ता भएको बताएका छन् ।
गलवान भ्यालीमा भएको झडपमा भारतका तर्फबाट २० सैनिक मारिएका थिए । याङका अनुसार उक्त झडपमा चीनतर्फ भारतकोभन्दा बढी क्षति भएको छ । उनले लेखेका छन्, "चिनियाँ कम्युनिस्ट पार्टीको मुख्य शक्ति भनेकै चिनियाँ सैनिक हुन् ।
यदि चिनियाँ सेनाको भावना चोट लागेमा उनीहरु एकबद्ध भएर चीन सरकारविरुद्ध खनिनेछन् । उनीहरु एकजुट भएमा राष्ट्रपति सी नै अप्ठ्यारो स्थितिमा पर्न सक्छन्," उनले लेखेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुले पीएलएका भेटरानहरुलाई अवमूल्यन नगर्न र सरकारविरुद्धको सम्भावित विद्रोहलाई भड्किन नदिन सचेत हुनुपर्ने सुझाइएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले समेत उक्त झडपमा मारिएका चिनियाँ सेनाको बारेमा खुलाउन डराइरहेका छन् । भारतीय मिडियाका अनुसार उक्त झडपमा चीनका ४० जनाभन्दा बढी मारिकएको समाचार सार्वजनिक भएको थियो ।एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।