इस्लामावाद - पाकिस्तानले नोभेल कोरोना भाइरस नियन्त्रणमा भएको दाबी गरिरहेका भेला मुलुककै एक प्रान्त सिन्धमा कोरोना भाइरस संक्रमण परीक्षण गर्ने स्टाफकै अभाव रहेको छ ।
विभिन्न अस्पताल र मेडिकल सेन्टरहरुमा कोरोना भाइरस परीक्षण ५० प्रतिशतले कमी आएको जियो न्युजले जनाएको छ । यस्तो हुनुको मुल कारण परीक्षण गर्ने चिकित्सकहरु नै संक्रमित भएका छन् ।
सिन्धको स्वास्थ्य मन्त्रालयका अनुसार हजारौं नमुनाहरु प्रयोगशालामा परीक्षण हुन नसकेर थन्किरहेका छन् । कोरोना परीक्षण गर्ने चिकित्सकको अभाव हुँदा सिभिल, जिन्हा, ओझा र कराँची विश्वविद्यालयका प्रयोगशालामा कोरोना परीक्षणका लागि लिएका स्वाबका नमुनाहरु यतिकै थन्किएका छन् ।
घरमै कोरोना भाइरस जाँच गर्नसक्ने सुविधा एक सतादेखि बन्द गरिएको छ । यही समयमा पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार दैनिक चारदेखि पाँच हजार कोरोना संक्रमित थपिरहेका छन् ।
पाकिस्तानमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या एक लाख ९४ हजार ६८ छ भने करिब चार हजारको मृत्यु भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।