आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यी हुन् कांग्रेसका मनकारी सांसद, जसले सांसद विकास कोषको पैसाले किने पिसिआर मेसिन

यी हुन् कांग्रेसका मनकारी सांसद, जसले सांसद विकास कोषको पैसाले किने पिसिआर मेसिन

  • मिडिया डबली
  • बिहिवार, आषाढ १८ २०७७

  • 26.1K
    SHARES

  • यी हुन् कांग्रेसका मनकारी सांसद, जसले सांसद विकास कोषको पैसाले किने पिसिआर मेसिन

    काठमाडौं– पूर्वममन्त्री तथा बर्दिया क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले सांसद विकास कोषको रकम कोरोना परिक्षणका लागि पीसीआर मेसिन लगायत उपकरण खरिदका लागि दिने निर्णय गरेका छन्।

    बर्दियाको जिल्लाको लागि कोरोना परिक्षण गर्न आफ्नै छुट्टै मेसिन आवश्यक रहेको भन्दै सांसद गौतमले करिब १ करोड ३२ लाख रुपैयाँ रकम उपकरण खरिद गर्न दिने निर्णय गरेका हुन।

    विश्वभरी फैलिएको कोरोना महामारीको कारण नेपालमा पनि त्यसको प्रभाव परेको र स्थानीय पूर्वधार विकास साझेदारी कार्यक्रम प्रभावित भएपछि १ करोढ ३१ लाख ९० हजार ८८ रुपैयाँको विभिन्न योजनाहरुको ठेक्का सम्झौता हुन नसकेपछि उनले त्यो रकम मेसिन किन्न रकमान्तर गर्न जिल्ला समन्वय समिति बर्दियालाई अनुरोध गरेका छन्।

    ‘कोभिड १९ रोगको रोकथाम, नियन्त्रण, निदा र उपचार गर्ने सन्दर्भमा बर्दिया जिल्लाको लागि एक आफ्नै पीसीआर टेष्ट प्रयोगशाला आवश्यक भएकोले पीसीआर टेस्ट मेसिन तथा आवश्यक उपकरणहरु खरिद गर्न चालु आवमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत बर्दिया क्षेत्र नम्बर १ को विभिन्न पालिकाहरुमा विनियोजित भई लकडाउनका कारण योजनाहरु सम्पन्न गर्न नसकिएन,’ सांसद गौतमले जिल्ला समन्वय समिति बर्दियालाई योजना संसोधन तथा रकमान्तर गर्नका लागि पठाएको पत्रमा भनिएको छ, ‘लकडाउनका कारण योजनाहरु र ठेक्का प्रक्रियाबाट बचत हुन आएको करमहरु यसै प्रयोजनको लागि खर्च गर्नु आम बर्दियाली जनताका लागि मानसीव हुने देखिएको ।’

    सांसद गौतमले जिल्ला विपद व्यववस्थापन समितिको बैठकको निर्णय पनि पीसीआर टेस्ट मेसिन ल्याउने बारे भएको उल्लेख गर्दै त्यही अनुरुप १ करोड ३१ लाख ९० हजार ८८ रुपैयाँ गुलरिया नगरपालिकाको प्रकोप व्यवस्थापन कोष मार्फत खर्च गर्न रकम दिने निर्णय गरेका हुन।

    sanjaya.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ १८ २०७७०९:०६:३५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend