सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

एकाबिहानै थपिए कोरोनाका ८ संक्रमित, अवस्था भयाभह बन्दै

एकाबिहानै थपिए कोरोनाका ८ संक्रमित, अवस्था भयाभह बन्दै

  • मिडिया डबली
  • बिहिवार, आषाढ १८ २०७७

  • 7.8K
    SHARES

  • एकाबिहानै थपिए कोरोनाका ८ संक्रमित, अवस्था भयाभह बन्दै

    काठमाडौं– गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लामा संक्रमण थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    बिहीबार कोरोना संक्रमण पुष्टि हुने जिल्लामा बागलुङ, स्याङ्जा, तनहुँ र पर्वत छन् । बाग्लुङको बागलुङ नगरपालिकाका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

    त्यस्तै, स्याङ्जाको कालिगण्डकी गाउँपालिका र वालिङ नगरपालिकामा २० र १३ वर्षका पुरुपमा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको ऋषिङ गाउँपालिका २६, २६ र २७ वर्षका २ जनामा कोरोान संक्रमण देखिएको छ।
    त्यस्तै पर्वतको फलेबास नगरपालिका र कुश्मा नगरपालिकामा २१ र २७ वर्षका २ पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

    योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार १४ पुगेको छ । जसमध्ये २ जना संक्रमितको पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो । गण्डकी प्रदेशभरि कोरोना भाइरसलाई जितेर घर फर्किनको संख्या २ सय १४ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ १८ २०७७०८:५७:४८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend