काठमाडौं–नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफललाई तीव्रता दिएका छन् । पार्टीभित्र आन्तरिक किचलोमा फसेका बेला उनले बिहीबार बिहान आफ्नो निवास खुमलटारमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका स्थायी समिति सदस्यहरुसँग छलफल गरिरहेका छन् ।
छलफलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, विष्णु रिमाल, सुवास नेम्वाङलगायत सहभागी रहेका छन् । त्यस्तै, प्रचण्ड पक्षका जनार्दन शर्मालगायत केही स्थायी समिति सदस्यहरु पनि रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।