काठमाडौं– नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्र थप अप्ठ्यारोमा परेका छन्। यसअघि उनलाई साथ दिँदै आएका गृहमन्त्री रामबहादुर थापाले समेत उनको साथ छोडेपछि प्रधानमन्त्री ओली अझै अप्ठेरोमा परेका हुन्।
बुधबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु ललितपुरको अँगेनो रेस्टुरेन्टमा छलफलमा बसेका थिए।
सो बैठकमा गृहमन्त्री थापा उपस्थित भएर ओलीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका थिए। यसअघि प्रायः सचिवालय बैठकमा मौन रहे पनि निर्णायक बैठकहरुमा प्रधानमन्त्री ओलीलाई खुलस्त रुपमा साथ दिँदै आएका थापाको प्रचण्ड–नेपाल खेमामा सहभागितालाई अर्थपूर्णरुपमा लिइएको छ।
सहभागी एक नेताका अनुसार, सो भेलामा थापाले प्रष्टरुपमा अहिलेको समस्याको जड प्रधानमन्त्री नै भएको समेत बताएका थिए।
ती नेताका अनुसार भेलामा ३० नेता उपस्थित थिए। भेलामा पर्यटनमन्त्री योेगेश भट्टराई र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट भने सहभागी थिएनन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।