काठमाडौं–बेलायत सरकारले कोरोनाविरुद्ध बनाइएको सम्भावित खोप प्रभावकारी देखिएको बताएको छ। संसदीय सुनुवाइका क्रममा बेलायती सरकारको समितिले अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपको दोस्रो चरणसम्मको नतिजा उत्साहजनक आएको जानकारी दिएको हो।
अक्सफोर्डका भ्याक्सोलजी प्राध्यापकले सारा गिलबर्टका अनुसार अब खोप तेस्रो चरणको परीक्षण क्रममा रहेको र त्यो खोप लगाउन ८ हजार स्वयंसेवकले नाम दर्ता गराइसकेका छन्।
तर उनले यो खोप कहिलेसम्म आम प्रयोगका लागि तयार हुन्छ भन्ने खुलाइनन्, किनकि यो परीक्षणबाट आउने नतिजामा भर पर्छ। बीबीसी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।