आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सांसद छन्त्यालको निधनले कांग्रेस शोकमा, शिर्ष नेता भावुक

सांसद छन्त्यालको निधनले कांग्रेस शोकमा, शिर्ष नेता भावुक

  • मिडिया डबली
  • बुधवार, आषाढ १७ २०७७

  • 20.8K
    SHARES

  • सांसद छन्त्यालको निधनले कांग्रेस शोकमा, शिर्ष नेता भावुक

    काठमाडौं– नेपाली कांग्रेसकी नेतृ एंव सांसद ज्ञानकुमारी छन्त्यालको निधनले कांग्रेस शोकमा डुबेको छ।

    सांसद ज्ञानकुमारी छन्त्यालको ६६ बर्षको उमेरमा निधन भएको छ । उनको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको हो।

    उनको पार्थिव शरिरलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धान्जली दिइएको छ। उनलाई श्रद्धान्जली दिन सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, नेता गोपालमान सिंह लगायतका शिर्ष नेताहरू सानेपा पुगेका छन्।

    छन्त्यालको निधनप्रति सभापति देउवाले दुःख व्यक्त गरेका छन्। ‘नेपाली कांग्रेसकी नेतृ एवं सांसद ज्ञानकुमारी छन्त्यालको असामयिक निधनको खवरले म निकै दुखि भएको छु,’ उनले भनेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend