आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
डबली बिशेष

गृहजिल्लाका १५ स्थानीय तह पुगेर कांग्रेस प्रवक्ता शर्माले बाँडे स्वास्थ्य सामग्री

गृहजिल्लाका १५ स्थानीय तह पुगेर कांग्रेस प्रवक्ता शर्माले बाँडे स्वास्थ्य सामग्री

  • मिडिया डबली
  • बुधवार, आषाढ १७ २०७७

  • 7.8K
    SHARES

  • गृहजिल्लाका १५ स्थानीय तह पुगेर कांग्रेस प्रवक्ता शर्माले बाँडे स्वास्थ्य सामग्री

    काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता विशवप्रकाश शर्माले गृहजिल्ला झापाका १५ वटै स्थानीय तहलाई कोरोना महामारी रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

    लकडाउनका बेला गृहजिल्ला झापा पुगेका प्रवक्ता शर्माले झापाका सात गाउँपालिका र आठ नगरपालिकालाई कोरोना महामारी रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

    'दुई साता बढीको झापा बसाईं उपलब्धिमुलक रह्यो । १५ वटै गाउँ–नगरपालिका पुगेर भीटीएम, केही पीपीई, मास्क र सेनिटाइजर ‘मेची अभियान’ मार्फत् वितरण गरियो,' उनले संघीय राजधानी फर्किएपछि ट्विट गरेका छन्, 'हाम्रा राजनैतिक द्वन्द्वहरु आफ्ना ठाउँमा छन्, तर कोरोनाविरुद्धको संघर्षमा साझा प्रयत्न जरुरी छ । भौतिक दूरी तर सामाजिक एकताका साथ ।

    प्रवक्ता शर्माले ‘मेची अभियान’ मार्फत् झापाका १५ वटै स्थानीय तहलाई ५० देखि दुई सय थान भीटीएम (भाइरस कलेक्सन ट्रान्सपोर्ट किट) अर्थात पीसीआर चेक गर्दा स्वाव संकलनका लागि प्रयोग गरिने किट, पाँच देखि १५ वटा पीपीई (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट), सय–सय थान मास्क र चारदेखि पाँच लिटरका दरले स्यानिटाइजर प्रदान गरिएको जानकारी दिए ।

    'कोरोना संक्रमतिको संख्या हेरेर स्थानीय तहहरुलाई भीटीएम, पीपीई र स्यानिटाइजर दियौं,' उनले भने, 'मास्क भने एक सयका दरले दिएका थियौं ।' स्वास्थ्य सामग्रीहरु नगर र गाउँपालिकाका कार्यालयहरुमा पुगेर पालिका प्रमुखहरुलाई प्रदान गरिएको उनले बताए ।

    प्रवक्ता शर्माले आमनागरिकको बाक्लो आवतजावत हुने मेची अस्पताललाई ‘डिसइनफेक्सन टनेल’ पनि उपलब्ध गराइएको जानकारी दिए । प्रवक्ता शर्माले कोरोना महामारी सुरु भएपछि काठमाडौंबाट ‘सिड मनी’ का रुपमा रकम पठाएर ‘मेची अभियान’ ले झापामा ‘फुड बैंक’ सुरु गरेको थियो । सोही ‘फुड बैंक’ अन्तर्गत अभियानले मेची पारीको सीमावर्ती सहर पानी ट्यांकीमा अलपत्र परेका कर्णाली प्रदेशका ८७ जना एक् महिना खाना खुवाएको थियो । २०७२ मा भूकम्प गएपछि प्रवक्ता शर्माले गृहनगर मेची नगरमा ‘मेची अभियान’ स्थापना गरेका थिए ।

    उक्त अभियानमा कांग्रेससँगै तत्कालीन नेकपा, माओवादी, राप्रपालगायतका दलका नेताहरुलाई पनि सहभागी गराइएको थियो । अभियानले मेची उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष विजय डालमियाको संयोजकत्वमा काभ्रे, रामेछाप, दोलखा, सिन्धुपाल्चोकलगायतका भूकम्प प्रभावित जिल्लामा पुगेर लाखैं रुपैयाँ बराबरको सहयोग गरेको थियो ।

    ‘मेची अभियान’ ले सदस्यहरुबाट रकम उठाएर विपत्तिमा परेकाहरुलाई बेलाबेलामा सहयोग गर्दै आएको प्रवक्ता शर्माले जानकारी दिए । 'अभियानले बेला बेला विपद्मा परेकाहरुको सहयोग गर्दै आएको छ ।

    अभियानका सदस्यहरु आपसमा रकम उठाउँछौं,’ उनले भने, 'अभियानको फेसबुक पेज छ, फेसबुकमार्फत् जानकारी पाए पछी गाउँठाउँबाट रोजगारीका लागि विदेशमा गएका साथीभाइहरुले पनि सहयोग गर्नुहुन्छ ।'

    प्रवक्ता शर्माका अनुसार अभियानले हरेक तीन महिनामा सदस्यहरुका माझ प्राप्त सहयोग रकम र खर्च भएको रकम सार्वजनिक गर्दै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend