काठमाडौं–नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको ६६ बर्षको उमेरमा निधन भएको छ ।
उनको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको हो। कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरका अनुसार छन्त्याल मुट सम्बन्धी समस्याबाट पीडित थिइन् ।
उनी २०७० सालको संविधानसभामा पनि सभासद थिइन् ।उनको बुधबार दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने कुँवरले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।