भारतले कोरोना भाइरसविरुद्धको खोपको विकास गरेको छ । हैदराबादस्थित औषधि कम्पनी भारत बायोटेकले कोरोनाविरुद्ध खोप विकास गरेको हो ।
यो खोप जनावरमा परीक्षण समेत भइसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । जनावरमा खोप सफलदेखिएपछि केहिदिनपछि मानिसमा पनि परीक्षण गर्ने तयारी भइरहको जनाइएको छ ।
भारतले यसअघि थुप्रै खोपको विकासमा सफलता पाएका कारण यो खोप पनि प्रभावकारी हुनसक्ने ठानीएको छ । अहिलेसम्म भारतमा पोलियो, मेनिनजाइटिस, निमोनिया, रोटाभाइरस, बिसीजी, रुबेलाविरुद्धका खोपहरु बनेका छन् ।
यो खोप मानिसमा परीक्षणका लागि नियामक संस्थाले अनुमति दिइसकेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कम्पनीका प्रमुख डाक्टर कृष्णा इल्लाका अनुसार यो खोपको नाम ‘कोवाक्सिन’ राखिएको छ ।
जुन खोप इन्डियाज नेसनल इन्डस्ट्रिज अफ भाइरोलोजी र इन्डियन काउन्सिल अफ मेडिकल रिर्चको सहयोगमा तयार पारिएको हो ।
अहिले कोरोनाविरुद्ध विश्वमा १२० भन्दा बढी खोप निर्माण भइरहेका छन्। कोरोना भाइरसविरुद्ध आगामी सन् २०२१ को मध्यसम्म खोप बन्न सक्ने विज्ञहहरुले बताएका छन् ।
भारत विश्वमा सबैभन्दा बढी जेनेरिक औषधि तथा खोप निर्माण गर्ने देशमा एक हो । एजेन्सी ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।