सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोरोना संक्रमण भयावह बन्दै, विहानै गण्डकी प्रदेशमा थपिए संक्रमित

कोरोना संक्रमण भयावह बन्दै, विहानै गण्डकी प्रदेशमा थपिए संक्रमित

  • मिडिया डबली
  • मंगलवार, आषाढ १६ २०७७

  • 5.1K
    SHARES

  • कोरोना संक्रमण भयावह बन्दै, विहानै गण्डकी प्रदेशमा थपिए संक्रमित

    काठमाडौं - गण्डकी प्रदेशमा विहानै फेरि कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    कास्कीमा ८ जना, तनहुँमा ५ जना, लमजुङमा ३ जना र स्याङ्जामा १ जनामा  कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ९ सय ६६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले जनाएको छ ।


    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा विनोद विन्दु शर्माका अनुसार कास्कीमा पोखरा महानगरपालिकाका ३९, ५३, ३५ , ३०, ३०, ३६ वर्षीय पुरूषहरू र २७ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ । त्यस्तै कास्कीकै मादी गाउँपालिकामा ४२ एक पुरूषमा पनि कोरोना देखिएको छ ।

    सङ्क्रमितलाई आईसोलेसनमा लैजाने तयारी भइरहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ । नियन्त्रणका लागि उल्लेख्य कदम चाल्न नसकिए स्थिती भयावह बन्न सक्ने देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ १६ २०७७०८:३१:५७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend