सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

वायुसेवा डुबाउने खेलमा कम्युनिष्ट सरकार, यती समूहका सञ्चालक निगमको बोर्डमा नियुक्त

वायुसेवा डुबाउने खेलमा कम्युनिष्ट सरकार, यती समूहका सञ्चालक निगमको बोर्डमा नियुक्त

  • मिडिया डबली
  • मंगलवार, आषाढ १६ २०७७

  • 4.8K
    SHARES

  • वायुसेवा डुबाउने खेलमा कम्युनिष्ट सरकार, यती समूहका सञ्चालक निगमको बोर्डमा नियुक्त

    काठमाडौं - अव्यवस्था र ऋणले थला परेको नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा सरकारले यती समूहका व्यक्तिलाई नियुक्त गरेको छ । आन्तरिक रूपमा यती एयर र अन्तर्राष्ट्रिय उडानमा हिमालय एयरको रूपमा प्रतिस्पर्धा गरिरहेको कम्पनीकै प्रतिनिधिलाई नै निगमको बोर्डमा नियुक्त गरेको छ ।

    नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा नियुक्त फुर्वाग्याल्जेन शेर्पा यती समूहबाट सञ्चालित हेलिकोप्टर कम्पनी अल्टिच्युड एयरका अध्यक्ष हुन् । शेर्पासँगै सरकारले अर्का व्यवसायी डिमप्रकाश पौडेललाई पनि बोर्डमा लगेको छ ।

    ऋणमा डुब्दै आएको संस्थालाई उद्धार गर्नेभन्दा पनि निगमलाई कसरी कमजोर बनाउने भन्ने षड्यन्त्र हुँदै आएकोमा निगमकै कर्मचारी चिन्तित छन् । ‘एउटै क्षेत्रको प्रतिस्पर्धी कम्पनीको सञ्चालकलाई सार्वजनिक संस्थानको सञ्चालक समितिमा राख्नु ठूलो भ्रष्टाचार हो, सरकारको लगानीमा चलेको निगम डुबाउने खेल हो,’ निगमका एक अधिकारीले भने, ‘निगमको साख दाउमा राखेर यतीका प्रतिनिधिलाई बोर्डमा राख्ने खेल हुँदै आएको छ, यसअघि पनि यही सरकारले अल्टिच्युट एयरकै प्रबन्ध–निर्देशक निमानुरु शेर्पालाई बोर्डमा नियुक्त गरेको थियो ।’

    यती समूहको आन्तरिकतर्फ यती एयरलाइन्स, तारा एयर र अन्तर्राष्ट्रियतर्फ हिमालय एयरलाइन्स सञ्चालनमा रहेको छ । तर, पर्यटनमन्त्री योगेश भट्टराईले भने नियमसम्मत निर्णय भएको भन्दै निगममा भएकाभन्दा योग्य मान्छे नियुक्त गरिएको दाबी गरेका छन् । उनले भने, ‘हामीले नियमसम्मत नियुक्ति गरेका हौँ । जसले चासो दिएर आए, उनीहरूलाई नियुक्त गरियो । तर, अहिले निगममा भएकाभन्दा पनि योग्य मानिस ल्याएका छौँ । हामी बिस्तारै सुधारको पक्षमा जाँदै छौँ । निगमका पनि निजी क्षेत्रको प्रतिनिधि हटाउने पक्षमा नै छौँ ।’

    मन्त्री भट्टराईले निगममा नियुक्तिको व्यवस्था पनि सुधार गर्ने पक्षमा सरकार रहेको पनि बताए । ‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनमा संशोधन गरेर निजी क्षेत्रका प्रतिनिधि राख्ने व्यवस्था हटायौँ । तर, निगम ऐनमा एयरलाइन्स सञ्चालकको तर्फबाट सञ्चालक समितिमा राख्नुपर्ने व्यवस्था रहेको छ, त्यसैले सोहीअनुसार उहाँलाई नियुक्त गरेका हौँ,’ मन्त्री भट्टराईले भने । याे समाचार नयाँ पत्रिका दैनिकमा छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १८ २०८००१:०६:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend