काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको चरम रुप देख्न अझैं बाँकी नै रहेको जनाएको छ । डब्लूएचओका महानिर्देशक डाक्टर ट्रेडोस एड्हानोम गेहब्रेयससले विश्वमा अझैं धेरै मानिस संक्रमित हुने बताएका हुन् ।
सोमबार भर्चुअल ब्रिफिङमाबोल्दै उनले, ‘हामी चाहन्छौं यो सबै (संकट) चाँडै अन्त्य होस्। सामान्य जीवनमा फर्किन सकौं। तर कटु सत्यता के हो भने, यो महामारी अन्त्यबाट हामी अझै टाढा छौं।’
कोरोना नियन्त्रणका लागि चीन, जापान, दक्षिण कोरियलगायतका धेरै देशहरुले खास उपब्धि हात पारेका छन् । ती देशहरुकै रणनीतिका आधारमा सबै देशहरुले अघि बढ्नु पर्ने उनको भनाइ छ ।
विश्वभर कोरोना भाइरसबाट झन्डै डेढ करोड मानिस संक्रमित भइसकेका छन् । संक्रमण फैलिएको ६ महिनामा ५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
कोरोना महामारीकै कारण कति देशको स्वास्थ्य क्षेत्र तहसनहस भइसकेको छ भने विश्व अर्थतन्त्र अत्यन्त खराब अवस्थाबाट गुज्रिरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।