सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

यसकारण, काठमाडौँमा समुदायमै कोरोना फैलिने खतरा !

यसकारण, काठमाडौँमा समुदायमै कोरोना फैलिने खतरा !

  • मिडिया डबली
  • मंगलवार, आषाढ १६ २०७७

  • 6.4K
    SHARES

  • यसकारण, काठमाडौँमा समुदायमै कोरोना  फैलिने खतरा !

    काठमाडौँ - आइतबार बिहान स्टार अस्पतालमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट स्थायी घर भएका पुरुषमा सोमवार कोरोना पुष्टि भएको हो । उनको स्वाबको नमूना परीक्षण पाटन स्वास्थ्य विज्ञान प्रतिषठनमा लगिएको थियो । उनीसंगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । मृतकलाई श्वास–प्रश्वासमा समस्या भएपछि असार १३ गते रौतहतवाट काठमाडौं ल्याइएको थियो । उनमा तीन महिनादेखि फोक्सोमा समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सोमवार थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । ती मध्येमा १५ सय ८६ महिला र ११ हजार ६ सय ६२ पुरुष छन् ।

    सोमवार थप १ सय २१ जना निको भई बिभिन्न अस्पालहरुवाट निको भएका छन् । यो सहित नेपालमा कोरोनावाट निको हुनेको संख्या ३१ सय ३४ पुगेको छ । ती मध्ये महिला २ सय ६८ र पुरुष २८ सय ६६ जना छन् ।

    पछिल्लो चौविस घण्टामा थप ७ हजार ७ सय ९१ वटा नमूनाको पिसिआर विधिवाट परिक्षण भएको थियो । हाल क्वारेन्टिनमा ५७ हजार ३ सय ६७ जना क्वारेन्टिनमा छन् भने १० हजार ८५ जना आइसोलेसनमा छन् ।

    सोमवार सवै भन्दा बढी संक्रमित हुने जिल्लाहरुमा बाजुरामा ६६ जना, दाङमा ५८, कैलालीमा ५८, अर्घाखाँचीमा ३८, गुल्मीमा २०, पाल्पा र वाग्लुङमा १४, पर्वतमा १३ जना छन् । त्यसैगरी अन्य जिल्लामा पनि संक्रमण थपिएको छ ।

    काठमाडौं उपत्यकामा सोमवार थप ८ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरुमा काठमाडौका ६ जना, ललितपुरका १ जना र भक्तपुरमा १ जना छन् । पछिल्लो समय काठमाडौ उपत्यकाको घनावस्ती भएका ठाउँहरुमा कोरोना पुष्टि भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले उपत्यकावासीलाई सचेत हुन आग्रह गरेका छन् । यो खबर नागरिक दैनिकमा छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ १६ २०७७०७:२७:५२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend