सुनसरी - सुनसरी जिल्ला अदालतमा खटिदै आएका प्रहरी हवल्दारले गोली हानी आत्महत्या गरेका छन् ।
जिल्ला अदालत सुनसरीको ४ नम्वर जिल्ला न्यायाधीश शंकर बहादुर राईको बडिगार्डका रुपमा सिविलमा खटिदै आएका सुरक्षाकर्मी हवल्दार ओमप्रकाश खतिवडाले आत्महत्या गरेका हुन् ।
सुनसरी प्रहरी प्रमुख कमल थापाका अनुसार केही बेर अघि अदालतको छतमा गएर खतिवडाले आफूसँग भएको पेस्तोलबाट आफ्नै कन्चटमा गोली हानेको थिए ।
दाहिने कन्चटमा गोली हानी गम्भीर घाइते बनेका उनलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । खतिवडाको उपचारको क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
घटनाको कारण भने खुलेको छैन । सो विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।