काठमाडौं - कम्युनिस्ट सरकारले लकडाउनलाई साउन ७ गतेसम्म थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषदको बैठकले अहिलेकै अवस्थाको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो ।
कोरोना संक्रमणको दर बढ्दै गएकाले अहिलेलाई यही शैली र्अथात लुज किसिमको लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय सरकारले गरेको छ । सरकारले यसअघि असार १ देखि लागू हुनेगरी लकडाउनलाई खुकुलो बनाएको थियो ।
निजी सवारीसाधन जोर विजोर प्रणालीबाट सञ्चालन भइरहेका छन् । सार्वजनिक सवारीसाधन तथा उद्दारबाहेकका हवाई उडान बन्द छन् ।
सीमित बजार पसलहरु सञ्चालन भए पनि भीडभाड हुने सिनेमा हल, सपिङ मल, शैलुन, पार्लर, विद्यालयजस्ता क्षेत्रहरू बन्द अवस्थामा छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।