आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आईएसआई समर्थित आतंककारी समूह नेपालमा भारतविरोधी गतिविधिमा सक्रिय

आईएसआई समर्थित आतंककारी समूह नेपालमा भारतविरोधी गतिविधिमा सक्रिय

  • मिडिया डबली
  • सोमवार, आषाढ १५ २०७७

  • 6.6K
    SHARES

  • आईएसआई समर्थित आतंककारी समूह नेपालमा भारतविरोधी गतिविधिमा सक्रिय

    पाकिस्तानको इन्टर-सर्भिस इन्टेलिजेन्स समूहले समर्थन गरेको समूहमा नेपालमा सक्रिय भएको पाइएको छ ।

    उक्त समूहले नेपालमा रहेका भारतविरोधी गतिविधि सञ्‍चालन गरिएको पाइएको छ । आईएसआईले नेपाली भूमिलाई लामो समयदेखि भारतविरोधी गतिविधि सञ्‍चालन गरेको पाइएको हो । यद्पि स्रोतका अनुसार यो पछिल्लो भारत-नेपाल सीमा समस्या हुनुअघि झन बढेको बताइएको हो ।

    "पाकिस्तानले भारतविरुद्ध नेपाललाई एक मोहराका रुपमा प्रयोग गरिरहेको छ । केही आईएसआईका प्रतिनिधिहरु नेपाली सेनामा पनि रहेका छन्," स्रोतले भन्‍यो । नेपाल-भारत सीमा क्षेत्रमा आईएसआई समूको उपस्थिति बढेकोसमेत बताइएको छ ।

    सन् १९५० को शान्ति तथा मैत्रीसन्धि अनुसार नेपाल-भारतका नागरिकहरु खुला सिमानाका कारण निर्वाध एकअर्को मुलुक आवतजावत गर्ने गरेका थिए । केही समयअघि अवैधरुपमा नेपालमा बसिरहेको भन्‍ने सूचनाका आधारमा केही पाकिस्तानी नागरिकहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुको सम्पर्क पाकिस्तानी आतंकवादी समूहसँग भएको पाइएको थियो ।

    अतिवादी र जिहादीहरु पनि नेपालमा लुकेर बसिरहेको भन्‍ने विभिन्न‍ पटक नेपालमाथि आरोप लाग्‍ने गरेको छ । पाकिस्तानले नेपालस्थित कुटनीतिक मिसनलाई गतलरुपमा प्रयोग गरिरहेकोसमेत बताइएको छ । त्यसैगरी नेपालबाट गएका भनिएका एक व्यक्ति सोमालियाका सुरक्षा फौज र मुस्लिम अतिवादी समूह अलसबाबबीचको गोलाबारीमा मारिएका छन् ।

    सोमालियाको राष्ट्रिय रेडियोले बिहीबार भएको कारबाहीका क्रममा अल सबाबका लडाकुलाई तालिम दिने असरफ आज्मी अबु हामदान मारिएको बताएको छ। सरकारी रेडियोका अनुसार मारिएका हमदान नेपालबाट गएका हुन् । उनी उक्त इस्लामिस्ट समूहका वरिष्ठ प्रशिक्षक भएको बताइएको छ । हमदानको मृत्युको समाचार बेलायती समाचार संस्था रोयटर्सले पनि लेखेको छ ।

    हमदान दक्षिण सोमालियाको मध्य जुबा क्षेत्रमा मारिएका हुन् । सोमालियाको केन्द्रीय सरकारलाई हटाएर आफ्नै मुस्लिम सरिया कानुनसहितको शासन स्थापना गर्न अलसबाब सन् २००८ देखि युद्धमा छ । त्यति टाढाको युद्धमा सहभागी हुन नेपालका हामदान कसरी पुगे भन्नेबारे केही खुलासा भइसकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको सम्बन्धित स्रोतले जानकारी दिएको छ । एजेन्सी 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ १५ २०७७०४:१३:०३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend