आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
आजको बिशेष

यी हुन् कोरोना महामारीका बेला उत्कृष्ट काम गर्ने कांग्रेसका खम्बाहरु, को-को बने जनसेवक ?

यी हुन् कोरोना महामारीका बेला उत्कृष्ट काम गर्ने कांग्रेसका खम्बाहरु, को-को बने जनसेवक ?

  • मिडिया डबली
  • सोमवार, आषाढ १५ २०७७

  • 32.7K
    SHARES

  • यी हुन्  कोरोना महामारीका  बेला  उत्कृष्ट काम गर्ने  कांग्रेसका खम्बाहरु, को-को बने जनसेवक ?

    काठमाडौं - चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरु भएको नोभले कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त बनिरहेका बेला त्यसबाट नेपाल अछुत रहन सकेन । नेपालजस्तो गरिब र नेताहरु बढी भएको मुलुक झन प्रताडित बनेको छ । 

    नेपालमा कोरोना संक्रमितको संख्या दुई अंक उक्लिनुअघि नै चैत ११ देखि देश्व्यापी लकडाउन जार गर्‍यो, सरकारले । सरकारले लकडाउन जारी गरेर जनतालाई घरभित्र हुलेर आफू भ्रष्टाचारमा लिप्त भयो । यसअवधिमा ओम्‍नीलगायतका काण्डले सरकारको भ्रष्टाचारले चरम सीमा पार गरेको प्रष्ट पार्छ । लकडाउनले गर्दा दैनिक मजदूरी गरेर खाने समूह निकै पीडामा पर्‍यो ।

    भोक खट्न नसकेर कतिको भोकले नै मृत्यु भयो ।  सरकारको ध्यान भ्रष्टारचारमा केन्द्रित भएकोले सरकारलाई कांग्रेसले पटक-पटक गुहार्दा पनि भोकले मरिरहेकाहरुलाई बचाउन कुनै पहल गरेन ।

    कांग्रेसले सरकारले मात्र भनेर नहुने भन्‍ने चाल पाएपछि काठमाडौंलगायतका गन्तव्यबाट पैदल हिँडिरहेकाहरुलाई बाटोमा खानापानीको व्यवस्था गर्न जिल्ला र प्रदेश तहको संयन्त्रलाई निर्देशन दियो ।

    जसले जनताले भोकभोकै हिड्नुपर्ने बाध्यताबाट मुक्ति मिल्यो ।  सरकारले पैदल हिडिरहेकाहरुलाई नदेखेको प्रधानमन्त्री ओलीले बताएका थिए । किनकी त्यो समय यति ढिला भइसकेको थियो कि कांग्रेसले पैतला चिरिने गरी पैदल हिँडेर गन्तव्य पुगेकाहरुलाई उद्धार गर्न कांग्रेस राजमार्गमा कोरोनाबाट जोगिने सुरक्षित उपाय अपनाउँदै सडकमा तैनाथ थियो । कांग्रेसले सडकमा पैदल हिँडिरहेका महिला, गर्भवती, वृद्धवृद्धा, रोगी, विरामी, असहायहरुलाई प्राथमिकतामा राखेर गन्तव्यमा पुर्‍याउने काम गरेको थियो ।

    एकातिर कांग्रेसले सदनबाट, पार्टीका निर्णय र विज्ञप्तिमार्फत सरकारलाई भ्रष्टारचाबाट बाहिर आएर जनताका पीडामा मलम लगाउन सरकारलाई आग्रह गरिरहेको थियो भने अर्कोतिर सडकमा पीडित जनताको उद्धारमा खटिएको थियो ।

    देशभर कांग्रेसका नेता-कार्यकर्ताहरुले व्यक्तिगत खर्च कटौती गरेर, पार्टीका सदस्यहरुले चन्दा उठाएर भए पनि जनतलाई खाना खुवाउने, राहत दिने र उद्धार गर्ने काम गरिरहेको थियो ।  अहिले पनि सरकारलाई कांग्रेसले आरडीटी परीक्षणले बन्द गरेर पीसीआर परीक्षणको दायरा बढाउन कांग्रेसले माग गरिरहेको छ । तर, सरकार भने त्यही आरडीटीकै दायर बढाउन लागिरहेको छ । 

    कांग्रेस नेताहरु कसले के गरे ? 

    कांग्रेस नेतृ आरजु राणा देउवाले कोरोनाबाट जोगिने व्यक्तिगत सुरक्षा सामग्री काठमाडौंका विभिन्‍न अस्पताललाई उपलब्ध गराएकी छन् । त्यसैगरी सुदूरपश्‍चिममा पनि उनले ठूलो परिणाममा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइरहेकी छन् । 

    त्यसैगरी लकडाउनको दोस्रो महिना सुरु हुनैलाग्दा स्वास्थ्य सामग्री र राहत बोकेर कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत आफैं गृहजिल्ला पुगेका थिए । उनले त्यहाँ आवश्यक परेकाहरुलाई चामल, नुन तेल र केही नगद उपलब्ध गराएका थिए ।

    त्यसैगरी उनले काठमाडौंमा समस्यामा परेका विद्यार्थीहरुलाई पनि राहत उपलब्ध गराएका थिए ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय नेता एनपी साउँद र रमेश लेखकले सुदूरपश्‍चिमका विभिन्‍न जिल्लामा आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइरहेका छन् । उनीहरुले सुदूरपश्‍चिममा कोरोना संक्रमणको जोखिम बढी भएको भन्दै विभिन्‍न अस्पताल, स्वास्थ्य संस्था, जनताको सेवामा खटिने नेपाल प्रहरीलाई आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराइरहेका छन् ।

    सरकारले थर्मल गन र पीपीईमा भ्रष्टाचार गरिरहेकोबेला उनीहरुले त्यहाँका आवश्यक परेका निकायलाई पीपीईलगायतका सामग्री पठाइरहेका छन् । नेता साउँदले काठमाडौंमा अलपत्र परेका सुदूरपश्‍चिमका विद्यार्थीहरुलाई गन्तव्यसम्म पुर्‍याउनका लागि सवारीसाधनकोसमेत व्यवस्था गरेका थिए ।कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्‍नेतले कोरोना महामारी सुरु भएदेखि नै जनतालाई केन्द्रमा राखेर काम गरिरहेका छन् ।  उनले विभिन्‍न राहत र सहयोगका प्याकेजहरु लिएर जनतासामु पुगिरहेका थिए ।

    अहिले उनले आफैंले एउटा पीसीआर मेसिन खरिद गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सरकारले यस महामारीमा परीक्षण हुन नसकेको, चीनबाट ल्याएका भ्रष्टाचार गरिएका पीसीआर मेसिन बिग्रेको भनेर जनस्वास्थ्यलाई खतरामा पारिरहेको बेला उनले जनतालाई पीडामुक्त, कोरोनामुक्त बनाउन पीसीआर मेसिन खरिद गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

     त्यसैगरी रामेछापबाट उपविजेतामा चित्त बुझाएका कांग्रेस नेता कान्छाराम तामाङले कसैलाई अप्ठ्यरो परे आफूलाई सम्झिन सार्वजनिक आह्वान नै गरेका छन् । उनले रामेछापमा कसैलाई पनि अप्ठ्यारो नहोस् भनेर १२ एम्बुलेन्स र एक शवबाहन निशुल्क उपलब्ध गराइरहेका छन् । कोरोना संक्रमितको मृत्यु हुँदा शव व्यवस्थापमा समस्या भएको भन्‍ने गुनासो बढेपछि उनले शव बहानकोसमेत व्यवस्था गरेका हुन् ।

    त्यसैगरी कांग्रेस नेता रामहरी खतिवडा रातदिन ओखलढुंगामा जनताको सेवामा खटिरहेका छन् । उनले खानलाउन समस्या भएका, उपचार नपाएका बिरामीलगायतको सेवामा निरन्तर लागिरहेका छन् । भुकम्पदेखि, बाढीपहिरोका पिडित सम्ममा सहयोगका लागि तत्पर भएर पुगेका खतिवडा कोरोना संक्रमणको महामारीबाट जुध्न समेत स्वास्थ्य सामग्री लिएर गृह जिल्ला पुगेका हुन् ।  खतिवडा व्यक्तिगत खर्चमा ४ लाख बराबरको स्वास्थ्य सामग्री उनले जिल्लामा आवश्यक परेका निकायलाई उक्त स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

     नेपाली कांग्रेसका नेता रामशरण महतले नुवाकोटका विभिन्न गाउँपालिकाअन्तर्गत रहेका क्वारेन्टिन व्यवस्थापनका लागि आवश्यक स्वास्थ्य सामग्री वितरण गरेका थिए । उनले क्‍वारेन्टिनमा समस्या नहोस् भन्‍ने उद्देश्यले उक्त सामग्रीहरु उपलब्ध गराएका थिए ।

    सुदूरपश्‍चिको सरकारभन्दा पनि बढी खटिएका छन् कञ्‍चनपुर नेपाली कांग्रेसका महासमिति सदस्य हेमराज ओझा । उनले भारतका विभिन्‍न ठाउँबाट नेपाल भित्रिने कोही पनि भोको नहोस् भनेर सीमा नाकामा दैनिक तीन महिनाभन्दा बढी समय व्यक्तिगत लगानीमा खाना खुवाउने अभियान सञ्‍चालन गरेका छन् । जुन कार्य अहिले पनि जारी छ । त्यसैगरी कैलाली र कञ्‍चनपुरका विभिन्‍न अस्पताल, स्वास्थ्य चौकी र नेपाल प्रहरीका चौकीहरुमा फोहोर राख्‍ने भाडाहरु, पीपीई सेट, मास्क, पञ्‍जा र सेनिटाइजर उपलब्ध गराएका छन् ।

    त्यसैगरी उनले विभिन्‍न सुकुम्बासी र गरिब परिवारालाई राहतसमेत उपलब्ध गराएका छन् । कृष्णपुर नगरपालिकामा मेयरमा उपविजेता बनेका ओझाले नगरपालिकालाई सहयोग होस् भन्‍ने उद्देश्यले नगद ५१ हजार रुपैयाा सहयोगसमेत गरेका थिए ।

    कोरोना महामारीका बेला सरकारका मन्त्रीहरु नै भ्रष्टाचारमा लिप्त बनेको खबर सार्वजनिक भइरहेका बेला कांग्रेस नेता राजिव विक्रम शाहले कोरोनाविरुद्धको लडाइँमा कर्णाली प्रदेशलाई एक करोड सहयोग गरेका हुन् । उनले कर्णाली प्रदेश अस्पताललाई भेन्टिलेटर सहित ७० करोड सहयोग गरेका छन् । यस्तै प्रदेशका १० जिल्लामा तीन लाखका दरले ३० लाख सहयोग गरेका छन् ।

    कोरोनाले मुलुक आक्रन्त बनिरहेका बेला जाजरकोटका शाहले आफ्नो प्रदेशका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर सहयोग गरेका छन् । शाहले आफ्नो जिल्लामा आफ्नै लगानीमा सुविधा सम्पन्न अस्पताल समेत निर्माण गरिदिएका छन् ।

    त्यसैगरी नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले कर्णाली प्रदेशबाट काठमाडौंमा बसोबास गर्ने विद्यार्थी, मजदूर र बिरामीलाई राहत उपलब्ध गराएका थिए । उनी हरेक कोठामै पुगेर दाल, चामल, नुन,तेललगायतको सामग्री उपलब्ध गराएका थिए ।

    त्यसैगरी  नेपाली कांग्रेसको खेलकुद् विभागका सदस्य सचिव एवम् युवा नेता मीनकृष्ण महर्जनले ललितपुरको महालक्ष्मी मन्दिर र बटुक भैरब मन्दिरमा मागेर खानेहरुरूलाई खाना खुवाएका छन् ।

    उनले लकडाउनको अवधिमा सडकमा मागेर गुजारा गर्नेहरूलाई ललितपुरको लगनखेल डोजोमा साँझ बिहान खाना खुवाउँदै आएका छन् । मागेर गुजारा गर्नेहरूलाई दैनिक रुपमा बिहान र बेलुकी १५० देखि २०० जनाको समूहलाई ५० दिनसम्म खाना खुवाएका थिए। शुरुका दिन तिनीहरू फोहर देखेर महर्जनले साबुन किनेर सबैलाई नुहाउन लगाएका थिए ।

    महर्जनले लुगा धुन पनि लगाएका थिए । महर्जनले दैनिक ज्यालादारी गर्ने मजदुरहरू आफूलाई सम्पर्क गर्नेलाई सहयोग गर्दै आएका छन् । उनले अति बिपन्न परिवारलाई समेत घरमा गई खाद्यान्न उपलब्ध गराउँदै आएका छन् ।

    यसैगरी यहाँ नाम उल्लेख नगरिएका कतिपय कांग्रेस नेता-कार्यकर्ताहरुले निरन्तर लकडाउन सुरु भएदेखि नै जनताको घरघरमा, क्वारेन्टिनमा पुगेर, अस्पतालमा पुगेर आवश्यक सहयोग गरिरहेका छन्, जनता भएको संक्रमणको अवस्था र सुरक्षाका विधिबारे जानकारी गराइरहेका छन् । तर, सरकारलाई भने जनताको जीवनको पर्वाहबिना भ्रष्टाचार लिप्त छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend