काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई सत्ताच्युत गर्न खोजिएको भन्दै दिएको अभिव्यक्तिका बारेमा टिप्प्णी गरेका छन्।
ओलीले आफुलाई हटाउन भारत र नेपालका शक्ति लागेको अभिव्यक्तीका विषयमा शर्माले टिप्पणी गरेका हुन्। शर्माले प्रधानमन्त्रीले भारतले हटाउन खोज्दैछ भने नेकपाले देशलाई संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासँग छ की छैन? भनेर प्रश्न गरेका छन्।
‘भारतले हटाउन खोज्दैछ, पिएम नेपालले नै भनेपछि नेकपाले देशलाई प्रस्ट्याउन जरुरी छः
१.प्रधानमन्त्री बनाउन र हटाउन नेकपासंग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासंग छ कि छैन?,’ उनले ट्वीटरमा भनेका छन्,
‘२.छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेक उपर नेकपाको स्वतन्त्र हक के सुरक्षीत छैन?’
उनले कोरोनासँग जुध्न असफल बनेपछि जनताले परिवर्तन खोजेको भन्दै सहयोद्धाले जोगाइदिए तिनलाई धन्यवाद दिन आग्रह गरेका छन्। ‘कोरोनासँग जुध्न असफलतापछि जनताले परिवर्तन खोजेका छन्,सहयोद्धाहरुले जोगाइदिए तिनलाई धन्यवाद दिनोस्।
विदा गरे हालसम्मको कामका लागि धन्यवाद लिनोस्। हटाउन लागे भनेर सार्वजनिक रुवाबासी गर्नु शोभनीय भएन! थैली राम्रोसँग नबांध्ने छिमेकीलाई दोष लगाउने, पद सुहाउँदो भएन,’ उनले भनेका छन्।
ओलीले आइतबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा आफुलाई प्रधानमन्त्रीबाट हटाउन दिल्ली र नेपालका शक्ति लागि परेको बताएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।