आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतविरुद्धको खराब चिनियाँ कूटनीतिक खेल

भारतविरुद्धको खराब चिनियाँ कूटनीतिक खेल

  • मिडिया डबली
  • सोमवार, आषाढ १५ २०७७

  • 3.9K
    SHARES

  • भारतविरुद्धको खराब चिनियाँ कूटनीतिक खेल

    भारतविरुद्ध चिनियाँ आक्रोश कुटनीति र सैन्य दुबै पक्षबाट स्पष्ट देख्‍न सकिन्छ । सन् २०२० को अप्रिलदेखि चीनले सीमा क्षेत्रमा ठूलो संख्यामा सैन्य अभ्यास गरिरहेको सिंगो विश्वले नै हेरिरहेको छ ।

    चीनले त्यहाँ सैन्य अभ्यासमात्रै होइन कि सन् १९९६ को सम्झौता र त्यसपछि भएका वार्ताका सहमतिलाई उल्लंघन गर्दै पूर्वी लद्दाखको एलएसी क्षेत्र पार गरेको थियो । भारतीय सेनामाथिको चिनियाँ आक्रमणलाई त्यहाँका कुटनीतिज्ञहरुले बचाउ गरिरहेका छन् । उनीहरुले चिनियाँ आक्रोशलाई नै समर्थन गर्दै अभिव्यक्तिहरु दिइरहेका छन् ।

    यस्तो किसिमको शक्ति प्रदर्शन गर्ने जबरजस्ती किसिमको कुटनीतिले दुबै मुलुकबीचको सम्बन्धलाई थप खराब बनाउँदै लगिरहेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पछिल्ला साता दिने अभिव्यक्तिहरुबाट पनि स्पष्ट हुन्छ कि चीनले आफ्नो रणनीतिक उद्देश्य प्राप्तिका लागि जुनसुकै कदम चाल्‍न पनि तयार रहेको देखिन्छ ।

    जसको पछिल्लो उदाहरण २५ जूनमा चिनियाँ विदेश र रक्षा मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिबाट पनि स्पष्ट हुन्छ । रक्षा मन्त्रालयका परिष्ठ कर्णेल वउ छियानले भारतीय पक्षले गस्ती गर्दा गलवान नदीको मुहान पार नगर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताइएको छ । सीमा क्षेत्रबाट सेनालाई फिर्ता बोलाउने विषयमा दुबै पक्षले छलफलबाट निर्णय गर्ने बताइएको छ

    । त्यसैगरी विदेश मन्त्रलायका प्रवक्ता पनि सोही कुरा दोहोर्‍याएका थिए । झाओ लिजियानले भारतले गलवान भ्यालीबाट आफ्नो सेना फिर्ता गर्ने र संरचना भत्काउने सहमति भएको बताएका थिए । उनले भारतीय गतिविधिहरु खराब प्रकृतिको भएको र त्यसको परिणाम गतल हुने बताइएको छ ।

    तर, वास्तविकता भने चिनियाँ सेना एलएसीमा आएर भारतीय पक्षसँग आक्रोश व्यक्त गरिरहेका छन् । चिनियाँ वाचर प्रोफेसर ब्रमा चेलानीले सन् २०१३ को आफ्नो लेखमा भनेका छन्, "चीनका लागि सहमति र सम्झौताका बुँदा उल्लंघन गरी धोका दिने गरेको छ ।"

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ १५ २०७७११:३१:४८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend