आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मावअधिकारको घाँटी निमोठ्न मस्त चीन, हङकङलाई कब्जा गर्ने चिनियाँ प्रयास 

मावअधिकारको घाँटी निमोठ्न मस्त चीन, हङकङलाई कब्जा गर्ने चिनियाँ प्रयास 

  • मिडिया डबली
  • सोमवार, आषाढ १५ २०७७

  • 4.9K
    SHARES

  • मावअधिकारको घाँटी निमोठ्न मस्त चीन, हङकङलाई कब्जा गर्ने चिनियाँ प्रयास 

    काठमाडौँ- चीनले मानवअधिकार एक अस्तित्वगत खतराको रुपमा रहेको चित्रण गरेको छ । ह्‍युमन राइट वाचले आधारभूत कानुनमा नै आक्रमण गर्दा बेइजिङ र हङकङबीचको सम्बन्धमा नै आक्रमण भएको रुपमा चित्रण गरेका छन् । चीनको नेतृत्व सम्हालेको चिनियाँ कम्युनिस्ट पार्टी हङकङबासीहरुले उपभोग गरिरहेको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता र समानताबाट चिन्तित बनेको छ । त्यसको प्रभाव चीनमासमेत पर्नसक्ने त्रास चीनलाई रहेको  छ। चिनियाँ नागरिकहरुलाई त्यस्ता अधिकार दिन चीन तयार छैन ।

    बल प्रयोग गरेर अधिनमा राखेका तिब्बत, सिन्जियाङ, युनान र अन्य क्षेत्रमा समेत चीनले उक्त अधिकारहरुको उपभोगमा बन्देज लगाएको छ । ह्युमन राइट वाचका कार्यकारी निर्देशक केनेथ रोथले भनेका छन्, "यदि अहिले नै कुनै चुनौतीको सामना गरिएन भने बेइजिङका पछिल्ला गतिविधिहरुले भविष्यको चित्रण गर्दछ- जसमा कोही पनि चिनियाँ सेन्सरको पहुँचभन्दा बाहिर हुँने छैन ।

    र एक अन्तर्राष्ट्रिय मानव अधिकार प्रणाली यति कमजोर हुने छ कि यसले अब सरकारी दमनको जाँचमा काम गर्नेछैन ।" गत वर्ष हङकङमा सुपुर्दगी कानुन विफल भएपछि हङकङबासीलाई आफ्नो नियन्त्रणमा राख्‍नका लागि चीनले अहिले राष्ट्रिय सुरक्षा कानुन ल्याएको उनले बताएका छन् । यस कानुनले हङकङबासीलाई उनीहरुको प्रजातान्त्रिक अधिकार खोस्‍नेमात्र होइन कि बेइजिङका टिप्पणीकारहरुको कलमसमेत भाँचिनेछन् । प्रजातन्त्रका लागि आफ्ना आवाज र मागहरु अब धेरै लामो समय नटिक्ने कुरामा उनीहरु चिन्तित छन् । यी सबै चिनियाँ अधिनमा हुनेछन् । जुन सिनो-ब्रिटिश संयुक्त घोषणापत्रको विपरीतको कार्य हो ।

    उक्त घोषणाअनुसार हङकङलाई उच्चस्तरको स्वायत्ता प्रदान गरिने बताइएको थियो । सन् १९९७ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले एक मुलुक दुई प्रणाली स्वीकार गरेका थिए । यद्पि, अधिकांशले यसलाई विश्वास गर्दैनन् ।

    अमेरिकाले चीनद्वारा हङकङमाथि गरिने व्यवहार सिनो-अमेरिकन सम्बन्ध विपरीत हुने चेतावनी दिएको थियो । सन् २००३ देखि हङकङमा आधारभूत मानवअधिकार कानुनकोसमेत उल्लंघन गरेको छ । हङकङका लागि जारी गरिन लागेको राष्ट्रिय सुरक्षा आधारभूत कानुनको धारा २३ मा हङकङले आफ्नो भूभागको राष्ट्रिय सुरक्षाका विषयमा कुनै पनि कानुन बनाउन नपाइने प्रावधान राखिएको छ ।

    यसलाई मिनि संविधानको संज्ञासमेत दिइएको  छ । यो कानुनको निर्माणका लागि हङकङको संसदलाई अवमूल्यन गर्दै चीनको नेशनल पिपुल्स कंग्रेसबाट अनुमोदन गर्न लागिएको हो । यसले एक मुलुक, दुई प्रणालीको मान्यतालाई पूर्णरुपमा खारेज गरेको छ।  अहिले चीनले हङकङमाथि लाद्‍न खोजेको राष्ट्रिय सुरक्षा कानुनको विरोधमा विश्वभरका मानवअधिकार र अधिकारवादी संघसंगठनहरुले आपत्ति जनाइरहेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ १५ २०७७११:२८:२७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend