आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गगन सहितका कांग्रेस युवा नेताहरुको गोप्य भेला, बन्यो यस्तो योजना

गगन सहितका कांग्रेस युवा नेताहरुको गोप्य भेला, बन्यो यस्तो योजना

  • मिडिया डबली
  • सोमवार, आषाढ १५ २०७७

  • 8.9K
    SHARES

  • गगन सहितका कांग्रेस युवा नेताहरुको गोप्य भेला, बन्यो यस्तो योजना

    काठमाडौं– पार्टीको १४औँ महाविधेशनको चर्चा चलिरहेका बेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, डा.शशांक कोइराला र कृष्णप्रसाद सिटौला निकटका केन्द्रीय नेताहरूको गोप्य भेला भएको छ ।

    काठमाडौंको एउटा रेष्टुरेन्टमा आइतबार साँझ तीन समूहका नेताहरूको गोप्य भेला भएको हो । भेलामा पार्टीको महाविधेशन, कोरोना भाइरसको संक्रमण, भारतीय महिलालाई अंगीकृत नागरिकता दिने लगायतका विषयमा कसरी अगाडि बढ्ने भन्नेबारेमा कुराकानी भएको स्रोतले जनाएको छ ।
    भेलामा कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी, धनराज गुरूङ, गुरूराज घिमिरे, गगन थापा, बद्री पाण्डे, रामकृष्ण यादव, चन्द्र भण्डारी, प्रदीप पौडेल, कमला पन्त, किरण यादब, रत्ना शेरचन लगायतको उपस्थिति रहेको थियो ।

    भेलामा सभापति शेरबहादुर देउवा निकटका केन्द्रीय सदस्यहरूलाई बोलाइएको थिएन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ १५ २०७७०९:४८:३५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend