काठमाडौं–कोरोना भाइरसविरुद्धको खोप बनाउन विश्वका शक्तिशाली मुलुकहरुले आफ्नो ध्यान केन्द्रित गरेका छन् । अमेरिका र बेलायतले खोप बनाउने र परिक्षण गर्ने काम गरिराखेका बेला चीनले दोस्रो पटक कोरोना भाइरसविरुद्ध नयाँ खोप विकास गरेको दाबी गरेको छ।
चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी)ले दिएको जानकारीअनुसार यो खोप मानिसमा समेत परीक्षण भइसकेको छ । पहिलो परिक्षणमा यो सुरक्षित देखिएको कम्पनीको दाबी छ ।
१ हजार १ सय २० जना स्वस्थ मानिसलाई परीक्षण खोप लगाइएको र उनीहरुमा यसले उच्च मात्रामा रोग प्रतिरोधात्मक क्षमता बढाएको कम्पनीले दाबी गरेको छ।
दोस्रो चरणको परीक्षण गर्ने तयारी भएको छ । यो पनि सफल भएमा तेस्रो चरणमा हजारौं मानिसलाई खोप दिइनेछ । त्यो पनि सफल भएमा खोप प्रमाणित हुन्छ र आम प्रयोगमा ल्याइने कम्पनीले जनाएको छ। रोयटर्सका अनुसार यसअघि यही कम्पनीले वुहानको युनिटमा कोरोनाविरुद्ध एउटा खोप बनाइसकेको छ। यो दोस्रो खोप हो।
अहिलेसम्म चीनमा ८ खोपलाई मानवमा परीक्षणका लागि सरकारले चिनियाँ कम्पनीलाई अनुमति दिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।