काठमाडौं– नेपाली सेनाले १८ करोड रुपैयाँ बराबरको सवारीसाधन खरिद गर्ने भएको छ। सेनाले डबल क्याब पिकअप तराई र पहाडका लागि ५–५ वटा गरेर १० वटा खरिद गर्दैछ । सेनाले जम्मा ३० वटा पिकअप खरिद गर्नुपर्ने माग गरेको थियो । सेनाले ‘सी’ क्याटेगोरीको एम्बुलेन्स पनि एउटा खरिद गर्दैछ । सेनाले एम्बुलेन्स ५ वटा माग गरेको थियो ।
भीआईपी र भीभीआईपीका लागि ‘ए’ क्याटेगोरीको एम्बुलेन्स एउटा खरिद गरिँदैछ। यो राष्ट्रपति, प्रधानमन्त्रीलगायतको सवारीका बेला प्रयोग हुनेछ । यसमा भेन्टिलेटरसहितको सुविधा हुने सेनाले तयार गरेको प्राविधिक विशेषता सूचीमा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।