काठमाडौं– कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरुद्ध आन्दोलन गर्ने तयारी गरेको छ। आगामी महाधिवेशनसँगै सरकारविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्न आइतबार दिउँसो कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो २ बजे बस्ने पदाधिकारी बैठकका लागि आशन्न महाधिवेशन र सरकारका कामकारबाहीबारे समीक्षा गरेर आगामी रणनीति तय गर्ने विषय बस्तु नै मुख्य एजेण्डा तय गरिएको जानकारी दिए ।
महामारीका कारण महाधिवेशनको कार्यतालिका प्रभावित भए पनि सभापति शेरबहादुर देउवाले पूर्वनिर्धारित मितिमै पार्टीका १४ औं महाधिवेशन सम्पन्न गर्ने मनस्थिति बनाएका छन् । सभापति देउवानिकट स्रोतले २०७७ फागुन ७ गतेका लागि निर्धारण गरिएको महाधिवेशनको मिति परिवर्तन नगरिने दाबी गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।