सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेकपाद्वारा सरकारी सम्पत्तिको चरम दोहन, बालुवाटारलाई बनाइयो पार्टी कार्यालय!

नेकपाद्वारा सरकारी सम्पत्तिको चरम दोहन, बालुवाटारलाई बनाइयो पार्टी कार्यालय!

  • मिडिया डबली
  • आइतवार, आषाढ १४ २०७७

  • 6.1K
    SHARES

  • नेकपाद्वारा सरकारी सम्पत्तिको चरम दोहन, बालुवाटारलाई बनाइयो पार्टी कार्यालय!

    काठमाडौं–सत्तारुढ दल नेकपाले सत्ता र शक्तिको आडमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको पूर्वाधार, स्रोत र साधन दुरुपयोग गरिरहेको छ।

    जनताको कोषबाट सञ्चालित बालुवाटारलाई पार्टीको आन्तरिक दाउपेचको अखडा बनाएर नेकपाले राजनीतिक मात्र होइन, आर्थिक रूपमा पनि राज्यलाई दोहन गरिरहेको छ।

    तत्कालीन एमाले र माओवादीले पार्टी एकताको घोषणा नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै गरेका थिए।

    २ जेठ ०७५ मा पार्टीका केन्द्रीय सदस्य बालुवाटारमा भेला भएर एकतासम्बन्धी निर्णयको अनुमोदन गरेका थिए । ३ जेठमा घोषणा भएको नेकपा केन्द्रीय समितिका चार सय ४१ सदस्यले शपथ मात्र होइन, खुसियालीको भोज पनि बालुवाटारमै खाएका थिए।

    त्यसो त केन्द्रीय कमिटीको पहिलो बैठक १० जेठ ०७५ मा बालुवाटारमै बसेको थियो। त्यस्तै, नेकपा केन्द्रीय सचिवालयका ५० बैठक बालुवाटारमै बसेका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
    पार्टी एकतापछि बालुवाटारमा नेकपाका ५० भन्दा बढी बैठक बसेका छन्। त्यसमध्ये जम्मा दुई बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेका छन्।

    ‘प्रधानमन्त्री तथा अध्यक्ष अस्वस्थ भएर अनुपस्थित भएका वेला दुई बैठक पार्टी कार्यालयमा बसिएको हो, त्योभन्दा अरू सबै बैठक सरकारी निवासमै भएका छन्,’ नेकपा सचिवालयका एक सदस्यले भने ।

    ३ फागुन ०७४ मा ओली प्रधानमन्त्रीको रूपमा नियुक्त भएयता पार्टीका महत्वपूर्ण र धेरै बैठक प्रधानमन्त्रीकै सरकारी निवासमा भएका छन् । अनौठो यो छ देशको सबैभन्दा ठूलो राजनीतिक दल नेकपाका दुईवटा केन्द्रीय कार्यालय छन्, तर बैठकस्थल भने बालुवाटार बनेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ १४ २०७७०९:१६:२८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend