काठमाडौँ- अमेरिकी विदेश मन्त्रालयले नेपाल अन्तर्राष्ट्रिय आतंकवादको ट्रान्जिट पोइन्ट बन्ने खतरा रहेको चेतावनी दिएको छ ।
मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था सुदृढ नहुँदा र भारतसँगको खुला सिमानाका कारण नेपाल आंतकवादको ट्रान्जिट पोइन्ट बन्ने खतरा बनेको जनाइएको छ ।
सन् २०१९ को आतंकवादसम्बन्धी मुलुकको प्रतिवेदनका अनुसार अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरूका लागि नेपाल उपयुक्त भूमि हो । अधिक महत्त्वपूर्ण खतरा गैर-नेपाली अन्तर्राष्ट्रिय आतंकवादी समूहहरूले नेपाललाई ट्रान्जिट वा स्टेजिंग पोइन्ट वा सफ्ट टार्गेटको रूपमा प्रयोग गर्दै आएको जनाइएको छ ।
सन् २०१९ को प्रतिवेदनमा नेपालमा अहिलेसम्म आतंकवादका कुनै गतिविधिहरु नभएको बताइएको छ ।
नेपालले आतंकवाद रोक्नका लागि कुनै ठोस पहलसमेत नगरेको बताइएको छ । प्रतिवेदनमा भनिएको छ, "नेपाल सरकार तथा नागरिक समाजका तर्फबाट हेर्दा पनि अहिलेसम्म आतंकवाद रोक्ने कुनै नीतिगत पहलहरु गरिएका छैनन् ।"
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।