आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्टहरूले लोकतान्त्रिक संस्कार सिक्नका लागि अझै धेरै तयारी आवश्यक छ : खतिवडा

कम्युनिस्टहरूले लोकतान्त्रिक संस्कार सिक्नका लागि अझै धेरै तयारी आवश्यक छ : खतिवडा

  • मिडिया डबली
  • शनिवार, आषाढ १३ २०७७

  • 6.3K
    SHARES

  • कम्युनिस्टहरूले लोकतान्त्रिक संस्कार सिक्नका लागि अझै धेरै तयारी आवश्यक छ : खतिवडा

    काठमाडौं - नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्टहरूले लोकतान्त्रिक संस्कार सिक्नका लागि अझै धेरै तयारी आवश्यक रहेको टिप्पणी गरेका छन् ।

    शुक्रबार साँझ मिडिया डबलीसँगको सम्वादमा खतिवडाले कम्युनिस्टहरूले जति धेरै ठूला कुरा गरेपनि लोकतन्त्रवादी हुन नसक्ने बताए । उनले कम्युनिस्टहरू भनेका अधिनायकवादी नै रहेको बताए ।

    बालुवाटारमा शुक्रबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष खड्गप्रसाद ओली अनुपस्थित हुनु आन्तरिक लोकतन्त्रको अभावको संज्ञा दिए ।

    उनले नेकपा र ओलीलाई कांग्रेसबाट प्रजातान्त्रिक अभ्यास सिक्न सुझाव दिएका छन् । उनले भने, ‘कांग्रेसमा वादविवादहरू भइरहन्छन् । ती विवादलाई कांग्रेसले लोकतान्त्रिक माध्यमबाट समाधान गरेको छ ।

    कांग्रेसको लोकतान्त्रिक संस्कारलाई कम्युनिस्टहरूले पनि सिक्न जरुरी छ ।’ ‘नेकपाभित्रको आन्तरिक विषयमा टिप्पणी गर्नु उचित होइन । तर, नेकपा मुलुकको ठूलो राजनीतिक दल हो । सरकारको नेतृत्व गरिरहेको छ ।

    उसका हरेक गतिविधिमा सबैको चासो हुन्छ’, उनले भने, ‘आफ्नै पार्टीको स्थायी समितिको बैठक बहिस्कार गर्ने खड्गप्रसाद ओलीमा लोकतान्त्रिक संस्कार छैन भन्ने देखाएको छ । ओलीजीले दम्भ र अहँकार त्याग गर्नुपर्छ भन्ने कुरा देखिएको छ ।’ कम्युनिस्टहरूमा सधैँ अधिनायकवादी सोँच हाबी हुने गरेको भन्दै कांग्रेस नेता खतिवडाले भने, ‘स्थायी समितिको बैठकमा बसेर ओलीजीले नेताहरूको कुरा सुन्नुपर्ने थियो ।

    उहाँले सुझाव र आलोचना सुन्नै चाहनुभएन ।’ खतिवडाले ओलीमा रहेको दम्भ र अलोकतान्त्रिक संस्कृतिले मुलुकलाई कहिल्यै पनि फाइदा नगर्ने बताएका छन् ।

    झण्डै दुईतिहाइको बुहमतको कम्युनिस्ट सरकारका प्रधानमन्त्रीले आफ्नै दलका स्थायी समितिको बैठक फेस गर्न नसक्नु भनेको सरकार कति अलोकप्रिय र गैह्रजिम्मेवार छभन्ने कुरा स्पष्ट रुपमा देखाएका कांग्रेस नेता खतिवडाले बताएका छन् ।

    उनले कोरोनाका नाममा मन्त्री र सल्लाहकारहरूका छोराछोरी, पत्नीहरूले मुलुकको ढुकुटी करोडौँ रुपियाँ कुम्ल्याएको आरोप लगाए । खतिवडाले जनता क्वारेन्टिनमा खान नपाएर उचित स्याहार सुसार नपाएर मृत्युको मुखमा पर्न थालेको भन्दै चिन्ता समेत जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend