काठमाडौं– सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुला राजनीतिमा आएको केही बर्षपछि एकीकृत माओवादी विघटन हुन सक्ने बताउने गरेका थिए । अन्ततः एकीकृत माओवादी विघटन भएर नेकपा माओवादी केन्द्र गठन गरियो । तर, नेकपा माओवादी केन्द्र पनि नेकपा एमालेसँग पार्टी एकीकरण गरेर दुई वर्ष अघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखिएको छ ।
यो पार्टीमा केपी शर्मा ओली र प्रचण्ड दुई जना अध्यक्ष छन् । पूर्व एमाले र पूर्वमाओवादी पक्षधर नेताहरुले गुट परिवर्तन गरेका छन् । प्रचण्ड समूहमा पूर्व एमालेका माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु छन् । भलै उनीको पनि छुट्टै गुट रहेको छ । तर, उनीहरु प्रचण्डसँग मिलेर ओली समूहलाई विभिन्न दवाव दिइरहेका छन् । पार्टीमा पनि ओली हावी भएको र सरकार पनि उनकै नेतृत्वमा भएपछि ओलीइतरका नेताहरु असन्तुष्ट बन्दै आएका छन् ।
गत बधबारबाट सुरु भएको नेकपाको स्थायी समिति बैठकमै प्रचण्डले यस्तै अवस्था आइरहे नेकपा विघटन हुन सक्ने भविष्यवाणी गरेका छन् । उनको भविष्यवाणी नेकपा तत्काल फुट्ने संकेत हो वा ओली समूहको अहिलकै अवस्था रहिरहे पार्टी फुटाउनु पर्ने अवस्था आउने तर्फको चिन्ता जाहेर हो, यो भविष्यमै थाहा हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।