गुल्मी– गुल्मीका १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्लाको इस्मा गाउँपालिकाका १० जना र मालिका गाउँपालिकाका २ जना डिस्चार्ज भएका हुन् ।
इस्मा गाउँपालिकामा १ जना महिला र ९ जना पुरुष डिस्चार्ज भएको गाउँपालिकाले जनाएकाले जनाएको छ।
उनीहरु भारतबाट आएर गाउँपालिकाको वडा नम्बर–५ को कुमारी निमाबिमा बनाइएको आइसोलेसनमा बसेका थिए । उनीहरु भारतबाट आएर ३५ दिनसम्म आइसोलेसनमा बसेका थिए । अध्यावधिक विवरण अनुसार इस्मा गाउँपालिकामा हालसम्म ५७ जना कोरोना संक्रमित छन् ।
त्यस्तै मालिका गाउँपालिकाका २ जना कोरोना संक्रमित पुरुषहरु पनि डिस्चार्ज भएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । संक्रमितहरुमा १४ दिनसम्म कुनैपनि लक्षण नदेखिएकाले घर पठाइएको गिरीले बताए ।
पछिल्लो तथ्यांक अनुसार गुल्मी जिल्लामा कोरोना संक्रमितको संख्या २५७ पुगेको छ । ३२ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् भने कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।