काठमाडौं– छिमेकी देश चीनले कोरोना महामारीका बेला नेपाललाई नराम्ररी झुक्काएको छ। कोरोना परिक्षण सुस्त बनिरहेका बेला चीनले अनुदानका नाममा नेपाललाई झुक्काएको हो।
स्वास्थ्य मन्त्रालयको चरम लापरर्वाहीका कारण चीनले नेपाललाई गुमराहमा राखेको छ। पछिल्लो समय कुन प्रयोगशामा किट प्रयोग गर्न सकिन्छ भनेर अध्ययन समेत नगरी सेनालाई खरिद गर्न दिइएका किट अहिले काम नलाग्ने भएका छन्।
सेनाले खरिद गरेका २८ हजार किट प्रयोगमा समस्या भएको छ ।नेपालका प्रयोगशालामा कुन किट प्रयोग हुन्छ भन्ने अध्ययनसमेत नगरी ढुकुटीको ६ करोड अपव्यय भएको छ।
दुई महिनाअघि चीनको तिब्बत सरकारले ३० हजार किट अनुदानमा दिएको थियो । तर, ती किट ‘वान एमएल’ पद्धतिको भएकाले प्रयोग नगरी गोदाममा राखिएको छ ।
राष्ट्रिय प्रयोगशालाले चीन सरकारले दिएको किट र सेनाले खरिद गरेका किट प्रयोग नगर्ने जनताएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार सेनाले ल्याएको किट सानस्योर बायोटेक कम्पनीको हो । उक्त किटका लागि सोही कम्पनीको मात्र भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) प्रयोग हुन्छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।