सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बामदेवलाई आफु पछाडीको जुनसुकै पद दिन ओली तयार, प्रचण्ड–नेपाल गुटमा खैलाबैला

बामदेवलाई आफु पछाडीको जुनसुकै पद दिन ओली तयार, प्रचण्ड–नेपाल गुटमा खैलाबैला

  • मिडिया डबली
  • शनिवार, आषाढ १३ २०७७

  • 32.4K
    SHARES

  • बामदेवलाई आफु पछाडीको जुनसुकै पद दिन ओली तयार, प्रचण्ड–नेपाल गुटमा खैलाबैला

    काठमाडौं–प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा स्थायी कमिटीको अस्तिदेखि शुरु भएको दोस्रो दिनको बैठक प्रारम्भ भएको छ । ‘घुमिफिरी रुम्जाटार’ भनेझैँ वामदेव गौतमलाई सकेसम्म आफ्नो पक्षमा ल्याउन नसकेपनि ‘न्युट्रलाईज’ गराउन सकिएमा सानोतिनो खडको टर्ने विश्वासमा हिजोदेखि फकाउने प्रयास थालिएको छ ।

    स्रोतका अनुसार बोलावट भएपछि हिजो दिउँसो गौतम प्रधानमन्त्री तथा नेकपा अध्यक्षलाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा उनलाई ‘पार्टीलाई अघि बढाउन सँधैजसो ‘क्रुसियल टाईम’ मा तपाईंकै आवश्यकता पर्ने गरेको छ । अहिलेको अवस्था पनि त्यस्तै हुँदै गएको छ । पार्टीभित्र उत्पन्न समस्या समाधानको लागि के गर्नुपर्ला ? अनि तपाईंका पनि केही रिजर्भेसन वा डिमाण्ड छन् भने स्पष्टसँग राखौं । मिलेर जानुको विकल्प छैन,कमरेड ।’ भनिएको बुझिएको छ ।

    सरकारमा आफूभन्दा पछाडिको जुनसुकै हैसियत प्रदान गर्न प्रधानमन्त्री तयार रहेको वचन महिनौंदेखि पाउँदै आएका गौतमले हिजोपनि खुलेर आफ्नो धारणा राखे । तर, बालुवाटारको पछिल्लो प्रस्तावमा न समर्थन, न बिरोध जनाएर भैंसेपाटी फर्किएको बताइएको छ । पटक पटकको प्रयासमा पनि गौतम पग्लने लक्षण नदेखिएपछि आजको बैठकमा उनले लिखित असहमतिसमेत राख्ने अनुमान गरिएको छ । जनआस्था साप्ताहिक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आषाढ १३ २०७७०९:२६:२५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend