आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

किन भन्छ चीन 'नेपाल, भुटान र सिक्किम औंला हुन्, जतिखेर पनि नचाउन सकिन्छ' ?

किन भन्छ चीन 'नेपाल, भुटान र सिक्किम औंला हुन्, जतिखेर पनि नचाउन सकिन्छ' ?

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १२ २०७७

  • 6.6K
    SHARES

  • किन भन्छ  चीन  'नेपाल, भुटान र सिक्किम  औंला हुन्, जतिखेर पनि नचाउन सकिन्छ' ?

    चीनले नोभेल कोरोना भाइरसको नियन्त्रण गर्न नसकेको र विश्वभर फैलाएको भन्दै आलोचना भइरहेका बेला चीनले छिमेकीको सीमा अतिक्रमण सुरु गरेको हो ।

    तिब्बत प्रशासकीय केन्द्रका प्रमुख डा. लोबसाङ साङ्जेले चीनले कोरोना भाइरसलाई विश्वभर फैलाएको आलोचनाबाट विश्व समुदायको ध्यान मोड्न सीमा अतिक्रमण सुरु गरेको बताएका छन् । उनले पछिल्लो समय भारतसँग भएको हिंसात्मक झडप आफूलाई आश्याचार्य नलाग्‍ने बताएका छन् ।

    उनले भने, "जब माउ त्से तुङले तिब्बत कब्जा गर्‍यो । त्यतीखेर नै चीनले तिब्बत हत्केला भएको र नेपाल, भुटान, सिक्किम, लद्दाख र अरुणाञ्‍चल पाँच औंला भएको बताएका थिए । उनीहरुले आफ्ना औंलालाई जतिखेर पनि नचाउनसक्ने बताएका थिए । त्यसकारण लद्दाख र सिक्किम चीनले देखाएको अतिक्रमणको व्यवहार कुनै नयाँ होइन ।"

    सन् २०१७ मा डोक्लाम र सन् २०२० मा लद्दाखमा आक्रमण भयो । दुबै क्षेत्रमा ठूलो मात्रा भौतिक संरचनाहरु बनाइएका छन् । अहिले सिंगो कोरोना भाइरस महामारीको नियन्त्रणमा लागिरहेको बेला चीनले जानाजान सीमा समस्या उत्पन्‍न गराएको उनको आरोप छ ।

    उनले चीनले नेपालमा पनि केही परिवर्तनहरु गराएको र चिनियाँ गतिविधि नेपालमा पनि बढिरहेको बताएका छन् । उनले भने, "चीनले नेपाललाईसमेत एक औंला ठानेकोले उक्त औंला अहिले चीनले हल्लाइरहेको छ । जसले भारतमाथि दबाबर सिर्जना गर्न सजिलो भइरहेको छ ।"

    अमेरिका र युरोपियन मुलुकहरुले अहिले चीनमा कोरोना भाइरसको उत्पत्तिको अनुसन्धान गर्नुपर्ने माग गरिरहेका छन् । हङकङमा आन्दोलन चर्किरहेको छ । उइगरलगायतका अल्संख्यक समुदायले चीनमा आन्दोलन गरिरहेका छन् । अमेरिकासँगको व्यापारयुद्ध समाप्त भइसकेको छैन । चीनको महत्वाकांक्षी परियोजना बीआरईको विरोध भइरहेको छ । यस्तो अवस्थामा चीनले यी सबै कुराबाट विश्वको ध्यान हटाउने विकल्पका रुपमा सीमा अतिक्रमण गर्ने र सीमामा सैन्य गतिविधि बढाउन लागिरहेको डा. साङ्जेको भनाई छ ।

    उनले चीन भारतसँग भएका हतियारको बारेमा पूर्ण जानकार भएको र चीनले पनि त्यही अनुसार तयारी गरेर सीमामा समस्या उत्पन्न गराउने र मुठभेडकै स्थितिका लागि पनि तयार भएको बताएका छन् ।

    अमेरिकाले चिनियाँ उत्पादनमा कर बढाएकोले चीनको अर्को ठूलो बजार भारत भएकोले भारताई बेवास्ता गर्न नसक्‍ने भएकोले यसमार्फत चीनलाई लाइनमा ल्याउनुपर्ने उनको तर्क छ । तिब्बत भारतसँगै उभिनेसमेत उनले बताएका छन् । एजेन्सी 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ १२ २०७७०२:३१:४३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend