आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पार्टी एकताप्रति प्रचण्डलाई पछुतो, ओलीलाई नेतृत्व मान्न हिनताबोध!

पार्टी एकताप्रति प्रचण्डलाई पछुतो, ओलीलाई नेतृत्व मान्न हिनताबोध!

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १२ २०७७

  • 21.6K
    SHARES

  • पार्टी एकताप्रति प्रचण्डलाई पछुतो, ओलीलाई नेतृत्व मान्न हिनताबोध!

    काठमाडौं– नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मनमुटाव बढ्दै गएको नेताहरुले बताउन थालेका छन् । ओली र प्रचण्डबीच सरकार र पार्टीको आलोपालो नेतृत्व लिने सहमति भएको भनिँदै आएको छ । तर, जनतामा नकारात्मक सन्देश नजाओस् भन्नका लागि पूरा सरकारको कार्यकाल ओलीले नेतृत्व गर्न आफूल् प्रस्ताव गरेर पार्टीमा निर्णय गराएको प्रचण्डले बताउँदै आएका छन् ।

    पार्टी र जनताका लागि आफूले त्याग गरे पनि प्रधानमन्त्री ओलीसहित सरकारमा रहेकाहरुलाई सत्ताको घमण्ड बढेको प्रचण्ड समूहको बुझाइ छ । जनताले दिएको बहुमत एक नेताको कारण नभइ सिङ्गो पार्टी नेकपाका कारण आएको भन्दै प्रचण्डले दुई तिहाइको सरकार छ भनेर सरकारमा बस्नेहरूमा घमण्ड बढेको आफूनिटकका व्यक्तिहरुसँग गुनासो गर्ने गरेका छन् ।

    यसलाई पुष्टि गर्ने गरी बुधबार बसेको स्थायी समिति बैठकमा प्रचण्डले पार्टी व्यवस्थित ढंगबाट चल्न नसकेको बताए । पार्टी एकता गर्नु गलत त थिएन भन्ने सोचाइ आउन थाल्ने अवस्था सृजना हुनु दुखद् रहेको भन्दै प्रचण्डले अहिलेकै अवस्था रहिरहे पार्टी विघटन हुन सक्ने बताउने गरेका एक नेताले जानकारी दिए ।

    आफूलाई कार्यकारी अध्यक्षको भूमिका रहेको भनिए पनि सो अनुसार हुन नसकेको भन्दै प्रचण्डले पार्टी एकताका बेलादेखि भएका सहमति कार्यान्वयन नभएमा पार्टी विघटन हुन सक्ने संकेत दिन थालेका छन् । पार्टी एकता भएको औपचारिक घोषणाको अघिल्लो दिन २०७५ जेठ २ गते ओली र प्रचण्डले प्रधानमन्त्रीमा आलोपालो नेतृत्व गर्ने सहमति भएको प्रचण्ड समूहले बताउँदै आएका छन् । तर, यस सहमतिबाट पछि हटेर पूरा कार्यकाल ओलीलाई दिने आफ्नो निर्णय गलत भएको महसुस प्रचण्डले गर्न थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ १२ २०७७०९:५२:२०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend