सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कारमा राखेर इन्सपेक्टरले नै गर्छन् लागूऔषधको कारोबार, प्रहरी नै अचम्मित!

कारमा राखेर इन्सपेक्टरले नै गर्छन् लागूऔषधको कारोबार, प्रहरी नै अचम्मित!

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १२ २०७७

  • 7.8K
    SHARES

  • कारमा राखेर इन्सपेक्टरले नै गर्छन् लागूऔषधको कारोबार, प्रहरी नै अचम्मित!

    काठमाडौं– लकडाउनको समयमा कारमा राखेर इन्सपेक्टरले नै लागूऔषधको कारोबार गर्दै आएको खुलेको छ । महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत इन्सपेक्टर रुद्र बहादुर शाहीले लागूऔषधको कारोबारमा संलग्नभएको खुलेको छ ।

    लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले उनलाई कार्यालयबाटै पक्राउ गरेको छ । उनले आफ्नै कारमा तराईबाट क्यूरेक्स ल्याउने गरेको खुलेको छ ।

    शाहीले तीन बोरो कोरोक्स आफ्नो गाडीमा राखेर तस्करी गरेका थिए । इन्सपेक्टर शाही लामो समयदेखि लागूऔषध कारोबारमा संलग्न रहेको खुलेको छ । उनको गिरोहमाथि ब्यूरोले लामो समयदेखि निगरानी गर्दै आएको थियो । उनी अखडामा कारोबारको विषयमा पटक पटक झगडा भएपछि स्थानीयले समेत प्रहरीलाई खबर गरेका थिए ।

    पछिल्लो समय ललितपुर परिसरले पनि उनलाई निगरानीमा राखेको थियो । सातदोबाटो वृत्तबाट सरुवा गरेर केही दिनअघि परिसर तानिएको स्रोत बताउँछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ १२ २०७७०९:२१:५१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend