आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आज आफ्नै पार्टीका नेताले माग्दैछन् केपी ओलीको राजिनामा, बालुवाटारमा खैलाबैला

आज आफ्नै पार्टीका नेताले माग्दैछन् केपी ओलीको राजिनामा, बालुवाटारमा खैलाबैला

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १२ २०७७

  • 12.3K
    SHARES

  • आज आफ्नै पार्टीका नेताले माग्दैछन् केपी ओलीको राजिनामा, बालुवाटारमा खैलाबैला

    काठमाडौं–सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबारबाट सुरु स्थायी समिति बैठकमा ‘एक व्यक्ति, एक पद’को एजेण्डा उठ्ने भएको छ।

    अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले उक्त एजेण्डा प्रमुखताका साथ उठाउने तयारी गरेका छन्। जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको निष्कर्षसहित प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब बढाउन प्रचण्ड–नेपाल समूहले यस्तो तयारी गरेका हुन्।

    जनताले अनुभूत गर्ने गरी सरकारले काम नसकेकाले नेतृत्व फेर्नुपर्ने पक्षमा उनीहरुले आवाज उठाउने भएका छन्। ‘सरकारले राम्रो काम गर्न सकेन्। सरकारको कार्यशैलीले सिंगो पार्टी नै ओलोचित हुने अवस्था आएको छ,’ नेपाल पक्षका एक स्थायी समिति सदस्यले काठमाडौं प्रेससँग भने, ‘त्यसैले सरकारको नेतृत्व फेर्ने पक्षमा आवाज उठाउने हाम्रो तयारी छ। यदी त्यसो हुन नसके आलोचित बनेका मन्त्री फेर्न दबाब दिनेछौं। तर, त्यसका लागि प्रधानमन्त्रीले पार्टी र सरकार सञ्चालनका क्रममा भएका कमी कमजोरीबारे आत्मआलोचना गर्नुपर्छ।’

    यस्तै आगामी बैठकमा सरकारको गम्भीर समिक्षासँगै विवादित मेलिनियम च्यालेन्ज करर्पेरेसन (एमसीसी) परियोजनाका बारेमा पनि छलफल हुनेछ।

    बैठकले सात एजेण्डा तय गरेपनि स्थायी समिति सदस्यहरुले भने सरकारको काम र एमसीसीकै विषयमा मात्र केन्द्रीत रहेर छलफल गर्ने तयारी गरेका छन्।

    ‘

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ १२ २०७७०९:१४:३५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend