काठमाडौं– गण्डकी प्रदेशका चार जिल्लामा शुक्रबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा।बिनोदबिन्दु शर्माले शुक्रवार बिहान विज्ञप्ति जारी गर्दै तनहुँ, स्याङ्जा, बाग्लुङ र नवलपरासीमा २५ जनामा संक्रमित थपिएको पुष्टि गरेका हुन्।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँको व्यास नगरपालिकाका ४९ र ३० वर्ष उमेरका दुईजना पुरुष, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय एकजना पुरुष र बाग्लुङको बरेङ गाउँपालिकाका २३ वर्षीय एकजना पुरुषमा संक्रमण पुष्टि भएको हो।
यस्तै, भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणबाट नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० को गैँडाकोट नगरपालिकाका र कावासोती नगरपालिकामा गरी २१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकीमा संक्रमितको संख्या ७९२ पुगेको छ।
सम्बन्धित जिल्लाका क्वारेनटाइनमा रहेका उनीहरूलाई आइसोलेसनमा सार्ने तयारी भइरहेको पनि निर्देशनालयले जनाएको छ। यस्तै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १०१ पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।