आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चिनियाँ अतिक्रमणविरुद्ध नेपाली कांग्रेस आक्रामक, भूमि फिर्ताको माग 

चिनियाँ अतिक्रमणविरुद्ध नेपाली कांग्रेस आक्रामक, भूमि फिर्ताको माग 

  • मिडिया डबली
  • बिहिवार, आषाढ ११ २०७७

  • 6.1K
    SHARES

  • चिनियाँ अतिक्रमणविरुद्ध नेपाली कांग्रेस आक्रामक, भूमि फिर्ताको माग 
    काठमाडौं - चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रमक बनेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी चीनियाँ कम्युनिस्ट पार्टीको भ्रातृसंस्थाजस्तो भएकोले नेपालको भूमिमाथिको अतिक्रमण बेवास्ता गरेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस आक्रामक भएको हो । 
     
    कांग्रेसले बुधबार संसदमा चीनले अतिक्रमण गरेको नेपाली भू-भाग फिर्ता ल्याउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ । 
     
    कांग्रेस सांसदहरुले बुधबार चीनले अतिक्रमण गरेको भूमि कूटनीतिक माध्यमबाट फिर्ता ल्याउन माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन् । 
     
    चीनले नेपालको भू-भाग अतिक्रमण गरेका समाचारहरु सार्वजनिक भएपछि कांग्रेसका नेता देवेन्द्रराज कँडेल, सत्यराम शर्मा खनाल र संजयकुमार गौतमले संसदमा संकल्प प्रस्ताव दर्ता गराएका हुन् । 
     
    नेपाल र चीनको सीमा छु्ट्याउँदा नेपालसँग भएको प्रमाणलाई नै बेवास्ता गरेर गोर्खाको उत्तरी भागमा सीमा गाडिएको तथ्य सार्वजनिक भएसँगै उत्तरतिरको विवाद सतहमा आएको छ । ५९ वर्षअघि नेपाल र चीनको १४१४ दशमलव ८८ किलोमिटर सीमा सीमांकन हुँदा नेपालका उर्वर र चरनका जमिन चीनतर्फ परे भने चीनका काम नलाग्ने भिरपखेरा नेपालतर्फ । 
     
    ताप्लेजुङदेखि दार्चुलासम्म १५ जिल्लाका सीमांकनका क्रममा नेपालको प्रमाण हुँदाहुँदै पनि गोर्खा, दोलखा र संखुवासभाका गाउँ चीनतर्फ पारिएकोमा अझै त्यसबारे विवाद छ । 
     
    सीमांकनका वेला सीमावर्ती जिउ खोलाको बीचमा सीमाखम्बा गाड्न खोजिएको थियो । तर, के–कति कारणले रुई गाउँलाई चीनतर्फ पारियो भन्नेमा स्थानीयले अहिलेसम्म पनि बुझ्न नसकेको सीमावर्ती साम्दो गाउँका होटेल व्यवसायी निमा दोर्जे शेर्पाले बताए । 
     
    गोर्खा जिल्लामा मात्रै नेपाल–चीन सीमामा ६ वटा सीमास्तम्भ (पिलर नम्बर ३४ देखि ३९ सम्म) गाडिएको छ । साम्दोमा मात्रै तीनवटा छ । साम्दोको गेलापासमा ३४, लाछेमा ३५ र लचुङ पासमा ३६ नम्बर सीमास्तम्भ गाडिएको छ । 
     
    ‘त्यस उत्तरका रुई गाउँका बासिन्दाले नेपाललाई तिरेको तिरोको प्रमाण हुँदाहुँदै पनि कसरी चीनतर्फ पारियो भन्ने अझै स्पष्ट हुन सकेको छैन । रुईकै बासिन्दाले पनि यो कुरा बुझ्न सकेका छैनन्,’ लामाले भने । लामाका अनुसार नेपालीहरू रहेको रुई गाउँ तिब्बतको कोङबाङमा पर्छ । 
     
    साम्दोबाट करिब पाँच घन्टाको पैदल दूरीमा रुई गाउँ छ । गोर्खा सदरमुकामबाट साम्दो गाउँ करिब ५२ कोस उत्तर पर्छ ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend