आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै विवादित बनेको 'कुकुरको मासु उत्सव' सुरु 

चीनमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै विवादित बनेको 'कुकुरको मासु उत्सव' सुरु 

  • मिडिया डबली
  • बिहिवार, आषाढ ११ २०७७

  • 5.4K
    SHARES

  • चीनमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै विवादित बनेको 'कुकुरको मासु उत्सव' सुरु 
    बेइजिङ - नोभेल कोरोना भाइरसको संक्रमण बढेपछि कुकुरलगायतका जनावरको मासुमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै चर्को विरोधहरु भएका थिए । चीन सरकारले पनि जंगली र घरपालुवा जनवारको मासु प्रतिबन्ध लगाउने अभियानका बाबजुद चीनको गवाङ्सी जुआङस्थित युलिन सहरमा कुकुरको मासु उत्सव सुरु भएको छ । 
     
    १० दिनसम्म चल्ने यो उत्सवमा हजारौं मानिसहरु सहभागी हुने न्युयोर्क पोस्टले जनाएको छ । तर, अभियानकर्ताहरुले भने विगतका भन्दा यस वर्ष कम सहभागी हुने र सम्भवत: यो वर्ष अन्तिम उत्सव हुने बताएका छन् । 
     
    "मलाई आशा छ किन जनावरका लागि मात्र नभएर मानिसको स्वास्थ्य र सुरक्षाका दृष्टिकोणले पनि यस्ता पर्वहरु अब हुनेछैनन् र युलिन परिवर्तन हुनेछ," चीनी नीति विज्ञसमेत रहेका जनावर अधिकारकर्मी पिटर लिले भने । 
     
    उनले यस्ता पर्वहरु आयोजना गर्दा र मानिसहरु भिडभाड गरेर जम्मा हुँदा जनस्वास्थ्यमा खतरा उत्पन्‍न हुने र कोरोना भाइरसको संक्रमण थप बढ्ने बताएका छन् । 
     
    नोभेल कोरोना भाइरस चमेरोबाट आएर मानवमा सरेको भनिएकोमा चीनले आफ्नो र जनवारबीचको सम्बन्धलाई फेरि पुनर्मूल्यांकन गर्न आवश्यक रहेको बताइएको छ । 
     
    चीन सरकारले वन्यजन्तुको व्यापार र घरपालुवाको सुरक्षात्मक उपायसम्बन्धी नयाँ नियम ल्याउने तयारी भइरहेको बताइएको छ । गत फेब्रुअरीमा चीन सरकारले वन्यजन्तुको व्यापारमा रोक लगाएको थियो । 
     
    गत अप्रिलमा सेन्जेनमा कुकुरको मासुसमेत बिक्री गर्न प्रतिबन्द लगाउने पहिलो सहर बनेको थियो । कृषि मन्त्रालयलेसमेत कुकुरलाई घरमा पाल्‍न सकिने भए पनि मासुजन्य पशुको रुपमा राख्‍न नहुने बताएका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ ११ २०७७११:२८:५८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend