आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बेलायतमा बन्यो कोरोनाको भ्याक्सिन, गरियो परिक्षण

बेलायतमा बन्यो कोरोनाको भ्याक्सिन, गरियो परिक्षण

  • मिडिया डबली
  • बिहिवार, आषाढ ११ २०७७

  • 6.7K
    SHARES

  • बेलायतमा बन्यो कोरोनाको भ्याक्सिन, गरियो परिक्षण

    काठमाडौं– बेलायतले कोरोना भाइरस बिरामीका लागि तयार पारेको खोप मानिसमा परीक्षण गरेको छ । इम्पेरियल कलेज लण्डनले जनावरमा गरिएको परीक्षण सफल भएपछि मानिसमा गर्न लागेको हो । खोप कलेजका प्राध्यापक रोबिन शाट्टोक र उनका सहकर्मीहरूको नेतृत्वले तयार गरेको र यही समूहले यसको परीक्षण थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    समाचारहरूमा जनाइएअनुसार इच्छुक ३०० व्यक्तिमा अबको एक साता खोपको परीक्षण गरिनेछ । वैज्ञानिकहरुका अनुसार यो, नयाँ प्रकारको कोरोना भ्याक्सिन आविश्कार गरेर केही भोलिन्ट्यरमा समेत टेष्ट गर्न शुरु गरिसकेको र ८–१० महिना सम्ममा बजारमा ल्याउन सकिने भनिएको छ।


    अहिलेसम्म विश्वभर गरिरहेको भ्याकसिनको अनुसन्धान भन्दा बिलकुल फरक तरिकाबाट जेनेटिक कोडको सिन्थेटिक स्ट्राण्ड प्रयोग गरेर बनाएको र यसलाई बिबिसीले 'क्रान्तिकारी' पाइला भनि टिपणी गरेकोछ। यसरी उत्पादन गरिएको एक लिटरको भ्याकसिन पदार्थले २० लाख मानिसलाई पुग्ने बताइएको छ।


    कोरोना भाइरसविरुद्धको औषधि विकास गर्न पछिल्लो समय युद्धस्तरमा खोज तथा अनुसन्धान भइरहेका छन् । यसविरुद्धका सम्भावित १ सय २० खोपमा काम भइरहेको छ । यही क्रममा अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले पनि खोपको विकास गरेका थिए । जसको दोस्रो चरणको मानवीय परीक्षण भइसकेको छ । बीबीसीका अनुसार, तेस्रो मानवीय परीक्षणको तयार विश्वविद्यालयले गरिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ ११ २०७७०९:५१:२७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend