काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाका उच्च नेताहरु फेरि एकजुट भएका छन् । अध्यक्ष वा प्रधानमन्त्री पद छाड्न उनलाई अर्का अध्यक्ष प्रचण्डले दबाब दिएका छन् ।
बुधबारको स्थायी कमिटी बैठकमा उनले यस्तो प्रस्ताव फेरि दोहो¥याएका थिए । डेढ महिनाअघि पनि यस्तो प्रस्ताव अघि बढेकोमा ओलीले नेताहरुलाई फकाएका थिए । तर, कार्यशैली नसुध्रिएको भन्दै फेरि आलोचना सुरु भएको छ ।
बुधबारको बैठकमा प्रचण्डले आधा आधा कार्यकाल चलाउने सहमति ओलीले उल्लंघन गरेको आरोप लगाएका छन् । प्रधानमन्त्रीमा अहंकार देखिएको समेत उनको आरोप थियो ।स्रोतका अनुसार माधव नेपाल लगायत नेता पनि दुईमध्ये एक पद छाड्न दबाब दिने तयारीमा छ । बुधबार बैठकमा दुई अध्यक्षले मात्र बोलेका छन् ।शुक्रबार फेरि बैठक बस्दैछ ।
उता प्रधानमन्त्री ओली भने मन्त्रिपरिषद् पुनर्गठन गरेर फकाउने तयारीमा छ । प्रचण्ड र माधव नेपाल पक्षका नेतालाई मन्त्रि बनाएर विवाद मिलाउने उनको तयारी छ । ओलीले गत साता नै मन्त्रीको नाम प्रचण्डसँग मागिसकेका छन् । हाल दुई मन्त्रालय रिक्त नै छन् । केही मन्त्रीहरु फेरफेर गर्न लागिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।