आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपालमा कोरोनाबाट थप एकको निधन, मृत्यु हुनेको संख्या २५ पुग्यो

नेपालमा कोरोनाबाट थप एकको निधन, मृत्यु हुनेको संख्या २५ पुग्यो

  • मिडिया डबली
  • बिहिवार, आषाढ ११ २०७७

  • 4.7K
    SHARES

  • नेपालमा कोरोनाबाट थप एकको निधन, मृत्यु हुनेको संख्या २५ पुग्यो

    काठमाडौं– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियु कक्षमा असार ८ गते भर्ना भएका स्याङ्जा जिल्ला सिरुवारी घर भएका ५५ बर्षीय एक जना पुरुषको गएराती उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

    निमोनिया र मधुमेह रोगबाट ग्रसित ती पुरुषको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । यो सँगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

    यसअघि पनि स्याङ्जा एक कोरोना संक्रमितको मृत्यु भईसकेको थियो । याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २५ पुगेकाे छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ ११ २०७७०९:०३:१०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend