काठमाडौं - नेपाल तरुण दल काठमाडौं क्षेत्र नम्बर ५ का तरुणहरूले कम्युनिस्ट वडाध्यक्षको भ्रष्टाचार र ज्यादतीको विरोधमा प्रदर्शन गरेका छन् ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ का कम्युनिस्ट वडाध्यक्ष मोहनबहादुर विष्टसहितका जनप्रतिनिधि र कर्मचारीहरूले स्थानीय ९६ वर्षीया वृद्ध महिलाको वृद्ध भत्ता किर्ते गरेर निकासा गरी गायब बनाइदिएपछि तरुणहरूले बुधबार प्रदर्शन गरेका हुन् ।
तरुणहरूले वडामा भएको सबै भ्रष्टाचार र अनियमितताको विरोध गरेका छन् । उनीहरूले कम्युनिस्टहरूको ज्यादती बढ्दै गयो भने कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।
वडा कार्यालय अगाडि जम्मा भएका तरुणहरूले भ्रष्टाचारीलाई कारबाहीको माग गरेका छन् । वडाध्यक्षको दवावमा पक्राउ परेका वृद्ध महिलाका दुई जना आफन्त सुमन लिम्बु र सुजन गुरुङलाई रिहाइ गर्न पनि माग गरेका छन् ।
उनीहरूलाई वडाध्यक्षले झुठा मुद्धा लगाएर थुनाएको आरोप लगाएका छन् । कम्युनिस्ट वडाध्यक्ष विष्टले राजनीतिक पावर र सत्ताको आडमा दुई जनालाई पक्राउ गरेपछि कांग्रेस र तरुणहरूले विरोध गर्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।