आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अनेरास्ववियुका नेताको यस्तो फट्याइँ, जेलबाट निकालिदिन्छु भन्दै असुले पैसा

अनेरास्ववियुका नेताको यस्तो फट्याइँ, जेलबाट निकालिदिन्छु भन्दै असुले पैसा

  • मिडिया डबली
  • बुधवार, आषाढ १० २०७७

  • 5.0K
    SHARES

  • अनेरास्ववियुका नेताको यस्तो फट्याइँ, जेलबाट निकालिदिन्छु भन्दै असुले पैसा

    झापा–अनेरास्वबीयूका केन्द्रिय एक सदस्यले जेलबाट निकालिदिन्छु भन्दै पैसा लिएको खुलासा भएको छ । श्रोतका अनुसार अनेरास्ववीयूका केन्द्रीय सदस्य शन्धिभक्त शंकरले जेलमा परेमा मान्छे निकालिदिन्छु भन्दै कालिकोटका तिरुवा परिवारबाट साढे छ लाख रकम लिएको खुलेको हो । जेलमा परेका तिरुवा परिवारका तीन जनालाई तत्काल जेलमुक्त गर्ने भन्दै शंकरले पैसा लिएको खुलासा भएको हो।
    गत २०७५ साल असोज १६ गते इलामको पशुपतीनगरबाट तिरुवा परिवारका ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

    महिला बेचबिखन काण्डमा पक्राउ परेका कालिकोट जिल्ला सान्नी त्रिवेणी गाउँपालिका मुम्रा गाउँका जनक, लोकेन्द र लंक तिरुवा पक्राउ परेका थिए। उनीहरुलाई निकाल्न शंकरले पैसा लिएको पिडित परिवारको गुनासो गरेका छन।

    कारागारमा तिरुवा परिवारका पक्राउ परेका ३ जनाको भेट शन्धिभक्त शंकरका दाजु नाताका भैरबसँग भयो। भैरब समेत कारागारमा रहेका छन्। त्यहाँ कुराकानी भएपछि आफ्ना मान्छे निकाल्न जनकका भाई पुष्प र लोकेन्द्रका बुबा जयरुप तिरुवाको सन्धिभक्तसँग भेट भयो।

    एक जना मान्छे निकाल्न साढे तीन लाख रकम माग्दै आएका सन्धिभक्तले तीन जनाबाट साढे छ लाख रकम लिएरै छाडे। त्यसपछि पनि पक्राउ परेकाहरु नछुटेपछि तिरुवा परिवारलाई शंका लाग्न थाल्यो। शंका लागेपछि शन्धिभक्तसँग पटकपटक पैसा माग्दा नदिएपछि गत २०७६ भदौमा शंकरले सापट लिएको कागज बनाइयो।

    सो कागजमा २०७६ साल कात्तिक मसान्तभित्र पैसा तिरिसक्नु पर्ने उल्लेख गरिएको छ। यति सो मितिमा पैसा फिर्ता नदिए शन्धिभक्त शंकरको जायजेथाबाट पैसा असुल गर्ने समेत खुलाइएको छ। तर हालसम्म पैसा फिर्ता नहुँदा आफुहरु मर्कामा परेको जनकका भाई पुष्प तिरुवाले बताए। ‘मान्छे निस्कन्छ भनेर साहुसँग रिण मागेर पैसा दिइयो तर यस्तै भयो।’ पुष्पले भने।

    पाँचथर घर भएका शन्धिभक्त हाल इलाम नगरपालिका ९ मा बसोबास गर्दै आएका छन्। नागरिकतामा भक्तप्रसाद शंकर र बोलाउने नाम शन्धिभक्त हो। शन्धिभक्तलाई परिवारले पैसा दिएपछि परिवारलाई ऋण लागेको छ। ऋणमा परेको परिवार हाल बेहालमा रहेको पुष्पले बताए। तिरुवा परिवारले शन्धिभक्तलाई पैसा दिएपछि घर जाने पैसा समेत नभएपछि तिरुवा परिवार कहिले होटल त कहिले कसैको घरमा बास माग्दै इलाममा नै रहयो।

    तर पैसा नपाएपछि हाल उनीहरु इलाममा नै काम खोजेर पेट पालिरहेका छन्। शन्धिभक्त शंकरले फोन मार्फत कहिले पाँचथर घरमा छु त कहिले बाहिर छु भनेर ढाँट्ने गरेको समेत पुष्पले बताए। उनले तिरुवा परिवारलाई भाखा सारी सारी सताएको समेत पुष्पको भनाइ छ। ‘भोली, पर्सी भन्दै भाखा सारिरहनु हुन्छ सन्धि दाईले, तर पुरै पैसा भने पाएका छैनौ ।’ पुष्पले भने।

    तिरुवा परिवारबाट लिएको साढे छ लाख पैसा गएको कात्तिकसम्ममा चुक्ता पारिसक्नु पर्ने कागजमा उल्लेख छ। सो अवधिमा पैसा चुक्ता नगरे प्रचलित ब्याज सहित पैसा बुझाउनु पर्ने कागजमा उल्लेख गरिएको छ। तर तिरुवा परिवारले हाल करिव डेढ लाख रकम शंकरबाट प्राप्त गरिसके पनि अन्य बाँकी रहेको रकम उठाउन उनीहरु लागि रहेका छन्।

    यता शंकरले आफुले पैसा तिर्न खासै बाँकी नरहेको बताए। उनले तिरुवापरिवारबाट लिएको पैसा वकिललाई खर्च गर्न भनेर मागेको भन्दै सो रकम खासै फिर्ता गर्न बाँकी नरहेको बताए। उता पुष्पका बुबालाई आफुले पैसा तिरिसकेको भन्दै कागज समेत भइसकेको बताएका छन्। कागजमा दुवैपक्षबाट हस्ताक्षर र औँठाछाप समेत भएको छ। तर सो कागज झुठो रहेको तिरुवा परिवारले बताएका छन्। सन्धिभक्त शंकरले बोकेको कागज अनुसार अब तिरुवा परिवारलाई मात्र बाँकी ५० हजार दिन बाँकी रहेको उल्लेख गरिएको छ।

    जयरुप तिरुवाले फोन सम्पर्कमा आफुहरुले शंकरबाट डेढलाख रकम लिएको र अन्य बाँकी भएको बताएका छन्। शंकरसँगकै पैसा उठाउन होटलमा आफु बसेको पनि शंकरले आफुलाई दिनेबाट नै कटाएको पिडित तिरुवा परिवारले बताएका छन्। तिरुवा परिवारले तत्काल पैसा नदिए अब कानुनी प्रक्रियामा जाने बताएको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ १० २०७७०९:३८:१३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend