आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गृहमन्त्री बादल र अर्थमन्त्री खतिवडाको जागिर धरापमा, को–को मन्त्री फेरिँदै ?

गृहमन्त्री बादल र अर्थमन्त्री खतिवडाको जागिर धरापमा, को–को मन्त्री फेरिँदै ?

  • मिडिया डबली
  • बुधवार, आषाढ १० २०७७

  • 21.9K
    SHARES

  • गृहमन्त्री बादल र अर्थमन्त्री खतिवडाको जागिर धरापमा, को–को मन्त्री फेरिँदै ?

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीमण्डल हेरफेरको तयारीमा जुटेका छन् । सत्ता समिकरण मिलाउन उनी मन्त्री फेर्ने तयारीमा लागेका हुन् । बुधबार बस्ने स्थायी कमिटिको बैठक लगत्तै मन्त्रीमण्डल हेरफेर हुने कुरा बालुवाटार स्रोतले बताएको छ ।

    हाल दुई मन्त्रालय रिक्त छन् । सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालय रिक्त छन् । सञ्चारको जिम्मा अर्थमन्त्री डा।युवराज खतिवडा तथा सहरी विकासको भौतिक निर्माण मन्त्री बसन्त नेम्वाङलाई दिइएको छ ।

    यी मन्त्रालयमा नियुक्तिसँगै केही मन्त्रीलाई बिदाई गर्न लागिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अर्का कार्यकारी अध्यक्ष प्रचण्डसँग नयाँ मन्त्रीहरुको नाम मागिसकेका छन् ।

    मन्त्रीमण्डल हेरफेर तयारी हुँदै गर्दा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रेड जोनमा छन् । मन्त्री भएपछि उनको नेकपा अध्यक्ष प्रचण्डसँग दुरी बढेको छ । नेकपाभित्रको पछिल्लो विवादमा उनले प्रचण्डलाई साथ दिएका थिएनन् । कुर्सी जोगाउन उनीले ओलीको पक्ष लिएपछि उनीसँग प्रचण्ड रुष्ट भएको खुमलटार स्रोतले बताएको छ ।

    रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पछिल्लो समय सबैभन्दा विवादमा छन् । कोरोना संकटको बेला व्यवस्थापन राम्रो गर्न नसकेको तथा स्वास्थ्य सामान खरिदमा अनियमितताको आरोप समेत उनीहरुमाथि छ । वनमन्त्री शक्ति बस्नेत पनि कमाउनमै केन्द्रीत भएको रिपोर्ट बालुवाटार पुगेको छ ।

    खानेपानी मन्त्री बिना मगरलाई समेत हटाउन प्रचण्डमाथि दबाब छ । कृषिमन्त्री घनश्याम भुषाल, पर्यटनमन्त्री योगेश भट्टराई, कानूनमन्त्री डा शिवमाया तुम्बाहाम्फे, महिलामन्त्री पार्वत गुरुङ, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री रामेश्वर राय यादव गत मंसिरमा मात्र नियुक्त भएकाले हेरफेर हुने सम्भावना कम छ । भूमिसुधारमन्त्री पद्मा अर्यालले सुधार गर्न नसके पनि नयाँ नक्सा ल्याउने भूमिकाका कारण उनी पनि हट्नुपर्ने अवस्था छैन । खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले एकातर्फ काम गर्न सकेका छैनन् भने अर्कोतर्फ एन्फासँग पैसा लिएको गम्भीर आरोप लागेकाले उनको पनि पद जोखिममा छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेल प्रचण्डको विश्वासपात्र भएपनि संकटको समयमा शिक्षा क्षेत्रलाई उचित नेतृत्व दिन सकेका छैनन् । बजेटमा सामुदायिक विद्यालयको जिम्मा निजी विद्यालयलाई दिएपछि उनको आलोचना भएको छ ।

    अर्थमन्त्री डा। युवराज खतिवडालार्ई तत्काल हटाउन प्रधानमन्त्रीमाथि नेकपाबाटै दबाब परेको छ । व्यापारीसँग बजेटमा नीतिगत भ्रष्टाचार गरेको आरोप नेकपाकै सांसदहरुले संसदमा लगाएका छन् । देशको जटिल अवस्थामा अर्थतन्त्रलाई झन् कमजोर बनाएको आरोप उनीमाथि छ । खतिवडाको मन्त्री अवधि भदौ २० सम्म छछ । राष्ट्रियसभामा उनको पुनःनियुक्ति देखिँदैन । उनको ठाउँमा सचिवालयले वामदेव गौतमको नाम सिफारिस गरेको छ ।

    उर्जामन्त्री वर्षमान पुन प्रचण्डका विश्वासपात्र भएकाले हट्नुपर्ने अवस्था छैन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारका एकमात्र लोकप्रिय मन्त्री हुन् । तर, मन्त्रालय सुहाएन । तुलनात्मक रुपमा पुनले राम्रो काम गरेका छन् ।

    तीन राज्यमन्त्रीहरु मोतीलाल दुगड, नवराज राउत र रामवीर मानन्धर पनि पद जोगाउन दौडधुपमा लागिसकेका छन् । नयाँ मन्त्री बन्नका लागि पनि बालुवाटार र खुमलटारमा नेताहरुको दौडधुप सुरु भइसकेको छ । दुगड ओलीका विश्वासपात्र व्यापारी
    हुन् । दृष्टी साप्ताहिक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ १० २०७७०९:२७:२०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend